• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कञ्चनरुपमा बस दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते

कञ्चनरुपमा बस दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते

सप्तरी, १४ वैशाख । सप्तरीको कन्चनरुप नगरपालिका ९ मा शनिवार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट आउदै गरेको को १ख ४१२३ ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटना भएको हो । अनियन्त्रित ना ५ ख ७९३७ नम्बरको बस सडक छेउमा रहेको चिया पसलमा पसेको थियो ।
चियापसलमा चिया पिइरहेका सोही कन्चनरुप नगरपालिका ८ का देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका सुनरलाल महतो र असर्फी मण्डल घाइते भएका छन् ।
यसैगरी बसमा सवार मोरङको केराबारी गाउँपालिका ५ का कुलबहादुर महत, पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ का पुर्णबहादुर लावती, बाराको अमलेखगं नगरपालिका २१ की शान्ती खड्का, शान्तिको ४ वर्षका छोरा घाइते भएका छन् । बारा अमलेखगंज नगरपालिका २१ लक्ष्मी गिरी, सोही ठाउँकी लक्ष्मी गिरी र लक्ष्मीकी ७ वर्षकी छोरी आयुषा गिरी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि धरान र विराटनगर पठाइएको छ ।  तस्विर सौजन्यः पवन सरबरिया