• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्राधिकरणद्वारा अति विपन्न परिवारलाई निःशुल्क मिटर

प्राधिकरणद्वारा अति विपन्न परिवारलाई निःशुल्क मिटर

राजविराज, ११ वैशाख । विद्युत चुहावट नियन्त्रणमा अपेक्षित सफलता भएपछि सप्तरीमा अति विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्न थालिएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले ‘अति विपन्न तथा सांस्कृतिक महत्वका सम्पदालाई निःशुल्क विद्युत् मिटर वितरण कार्यक्रम’ अन्तर्गत बुधबारदेखि मिटर बाँड्न थालिएको हो । आर्थिक अभाव र कानुनी जटिलताका कारण मिटर जडान गर्न नसकेका परिवारलाई निःशुल्क मिटर जडान गरेरै भएपनि चुहावट नियन्त्रण गर्ने योजना अनुसार मिटर वितरण सुरु गरिएको नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रले राजविराजले जनाएको छ ।
राजविराज नगरपालिका वडा नम्वर– १२ का भिखन सदालाई बुधवार पहिलो निःशुल्क मिटर प्रदान गरिएको हो । प्रधिकरणको क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतोले सदालाई मिटर हस्तान्तरण गरेका छन् ।
प्राधिकरण कार्यालयमै आयोजित कार्यक्रममा राजविराजका ९१ र डाक्नेश्वरी नगरपालिकाका ३२ जना तथा छिन्नमस्ताका १ सय ९१, विष्णुपुरका २३, रुपनीका १ सय १ र तिलाठी कोईलाडि गाउँपालिकाका ३५ गरी बुधवार ४ सय ४३ जनालाई निःशुल्क मिटर वितरण गरिएको छ । वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहका अनुसार सप्तरीमा १ हजार ५ सय मिटर वितरण गर्ने लक्ष्य राखिएको छ ।
सर्वसाधारण जनतालाई उज्यालोवाट वञ्चित हुन नदिन, सुरक्षित बत्तीको प्रबन्ध मिलाउन तथा हुकिङ्ग र चुहावट नियन्त्रण गर्न निशुल्क मिटर वितरणको कार्यक्रम ल्याईएको प्राधिकरणका क्षेत्रिय प्रमुख महतोले जानकारी दिएका छन् । उनका अनुसार देशभरका करिव ७० हजार विपन्न परिवारलाई मिटर वितरण गर्ने सरकारको योजना रहेको छ ।
आर्थिक अभावमा मिटर जडान गर्न समस्या रहेका विपन्न वर्गले हुकिङ गरी विद्युत प्रयोग गर्दैआईरहेको पाईएकोले विपन्नसम्म विद्युतको पहुँच बढाउन निःशुल्क मिटर वितरण योजना सञ्चालनमा ल्याएको उनले जानकारी दिए । राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, वडा नंम्वर २ का वडा अध्यक्ष अरुण कुमार यादव, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह समेतले उक्त योजनाको प्रशंसा गरे ।