• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

किर्ते अभियोगमा पूर्व सभासद् यादव सहित २ जना पक्राउ

किर्ते अभियोगमा पूर्व सभासद् यादव सहित २ जना पक्राउ

सप्तरी, ५ वैशाख । पूर्व सभासद् तथा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य वीपी यादव सरकारी छाप किर्ते अभियोगमा पक्राउ परेका छन् ।
यादवसँगै राजगढ गाउँपालिका ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य हरि मण्डललाई समेत पक्राउ गरिएको हो । छिन्नमस्ता गाउँपालिका– ६ निवासी यादव पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरम नेपालका तर्फवाट समानुपातिक सभासद् थिए ।
यादव र मण्डलसहितको संलग्नतमा अग्निसाईर कृष्णसवरण गाउँपालिकाको लेटर प्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्वर वडाअध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडा अध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरिएको प्रहरीले जानकारी दिएको छ । घट्नाको अनुसन्धानका क्रममा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
प्रदेश २ सरकारद्वारा अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा सञ्चालित विकास योजनाको रकम निकाल्न लेटरप्याड र छाप किर्ते गरिएको जनाईएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज तथा छाप किर्ते गरी उपभोक्ता समिति समेत किर्ते खडा गरिएको स्थानीयले जानकारी दिएका छन्।
किर्ते समितिमार्फत बैंक खातासमेत सञ्चालनमा ल्याईएको उनीहरुको दावी छ । गाउँपालिकाको लेटरप्याड र छाप किर्ते गरेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रहरीलाई पत्राचार गरी घटनाको अनुसन्धान गर्न निर्देशन दिएको थियो ।