• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मन्त्री साहद्वारा सहकारी संस्थाको कार्यालय उद्घाटन

मन्त्री साहद्वारा सहकारी संस्थाको कार्यालय उद्घाटन

राजविराज, १ वैशाख । सप्तरीको राजविराज–५ स्थित सुविधा सहकारी संस्था लिमिटेडको कार्यालय औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
विधिवत रूपमा रिबन काटेर प्रमुख अतिथि प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रदेश नम्वर २ का प्रदेश सभा सदस्य मनिष सुमन, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, वडा अध्यक्ष समिर झा, नेपाली काँग्रेस महासमिति सदस्य एवं गैर सरकारी संस्था महासंघका वरिष्ठ उपाध्यक्ष ध्रुव देव, राजपा नेपाल पार्टी केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, संघीय समाजवादी फोरम नेपालको सदस्य एवम् प्रदेश नम्वर २ उप सभामुखका स्वकीय सचिव तारकेश्वर यादव, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्षद्वय वैद्यनाथ झा, धिरेन्द्र साहलगायतको उपस्थिति थियो ।
कार्यक्रम सञ्चालन सुविधा सहकारी संस्थाको संचालक समिति सदस्य गङ्गा यादवले गरे । स्वागत मन्तव्य सुविधा सहकारी संस्था का जेष्ठ सदस्य तथा पूर्व क्याम्पस प्रमुख डा. चिरञ्जीवी लाल देवले गरे ।
उक्त कार्यक्रममा २५४ जनाले दैनिक तथा मासिक खाता सञ्चालन गरे भने १३ जनाले पन्ध्र हजार रुपैयाँको दरले शेयर समेत लिए । संस्थामा संस्थापक शेयर सदस्य ३५ जना रहेको छ ।
सुविधा सहकारी संस्थाका अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा आयोजित कार्यक्रममा सुविधा सहकारी संस्थाका उपाध्यक्ष राजेन्द्र दास, सचिव राजकुमार भुजेल, कोषाध्यक्ष ललिता कुमारी यादव, सदस्य टेक बहादुर आले मगर, प्रभु नारायण लाल दास, सदस्य महिन्द्र राम, सदस्य हिना झा, सिमा रजक, सुजिता पोखरेल, गणु प्रसाद दासलगायतले गरेका थिए ।