Top_Header_Right_Add

राजपा नेपालद्वारा सप्तरीसहित देशैभरि विरोध प्रदर्शन

राजपा नेपालद्वारा सप्तरीसहित देशैभरि विरोध प्रदर्शन

राजविराज, ३० चैत्र । राष्ट्रिय जनता पार्टी नेपालले शुक्रवार सप्तरी सहित देशैभरी विरोध प्रदर्शन गरेको छ ।
सप्तरी सदरमुकाम राजविराजमा पार्टीका सयौं नेता तथा कार्यकर्ता सम्मिलित विरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको छ । संविधान संशोधनसहित नौ बुँदे माग राख्दै सबै जिल्लाहरुमा कोणसभा र प्रर्दशन गरिएको पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले जानकारी दिएका छन् ।
रेशम चौधरीलाई रिहाई, जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकतादिनुपर्ने, भ्रष्टाचारी, कालोबजारी नियन्त्रण गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई बलियो बनाउनु पर्नेलगायतका नाराहरु लगाउँदै उक्त विरोध जुलुस स्थानीय शहिद दशन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । सर्वोच्च अदालतद्वारा नै जन्मका आधारमा वंशजको आधारमा नागरिकता दिन गरिएको आफ्नै आदेशको विरुद्ध लाखौं नेपालीलाई नागरिकताबाट वञ्चित गराई राज्य विहीन अवस्थामा पु¥याउने षडयन्त्र गरिरहेको भन्दै नेताहरुले सरकारको आलोचना गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्न नचाहेको भन्दै राजपाका नेताहरुले आफुहरुको माग अविलम्ब सम्वोधन नगरिए भीषण आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । वर्तमान सरकारले नै संविधान संशोधन विश्वासका साथ यस अघि सरकारलाई दिएको समर्थन समेत फिर्ता लिईसकेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer