राजविराज, २९ चैत्र । सप्तरी जिल्लाको हालसम्मकै लामो आयु भएका तिरहुत गाउँपालिका वडा नम्वर–१ त्रिकौल निवासी रघु बहरखेर यादवको शुक्रवार मृत्यु भएको छ ।
भैंसीपालनमा समेत नाम कमाएका ११५ वर्षिय उनको निधन भएको हो । विगत केही वर्षदेखि अस्वस्थ रहँदैआएका यादवको शुक्रबार विहान ११ बजेर ३१ मिनेटमा निधन भएको छ । रघुका नाती मनोज बहरखेर हाल तिरहुत गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा छन् ।