• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

सप्तरीका रिजवानलाई बेस्ट डेब्यु प्लेव्याक सिङ्गरको उपाधी

सप्तरीका रिजवानलाई बेस्ट डेब्यु प्लेव्याक सिङ्गरको उपाधी

राजविराज, २८ चैत्र । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँ निवासी रिजवान खान आधुनिक गीततर्फ बेस्ट डेब्यु प्लेव्याक सिङ्गरको उपाधीबाट सम्मानित भएका छन् ।
काठमाण्डौमा सम्पन्न नाट्येस्वर म्युजिक अवार्ड २०७५ मा उनी सम्मानित भएका हुन् । देशका प्रथम राष्ट्रपति डा. रामवरण यादव को हाथबाट उनले सम्मान ग्रहण गरेका छन् । कार्यक्रममा नेपाली फिल्म आमाकी नायिका बसुन्धरा भुसाल, चैतन्य देवी लगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।
पत्रकारितामा स्नातक तथा शास्त्रीय सङ्गीतमा भारतको अलाहावादबाद भारतबाट सङ्गीत विषारद गरेका २४ वर्षिय रिजवान विगत एक दशकदेखि गायनक्षेत्रमा साधनारत रहँदैआएका छन् । सबस’ सुन्दर अपन गाम, एकटा लड्की भेटल छल बजारमे, आँखिमे कजरा ठोरमे लाली, नेपाली गीत पुर्णिमाको जुन बनी, हिमचुलीमा हिउँ झर्यो फरर लगायतका गीतहरु रेकर्डिङ्ग भईसकेका छन् ।
नथियाबाली, आहाँके सजनी यादमे जीवन बिता देलो, कोनाक छोडलौ हमर साथ लगायतका गीतहरु रेकर्डिङ्गको क्रममा रहेको छ । उनले नेपाली, हिन्दी, मैथिली, भोजपुरी, उर्दु, पञ्जावी सहितका भाषाहरुमा गीत गाएका छन् । मो. रफी ,उदितनारायण र नारायणगोपाललाई प्रेरणाको श्रोत मान्छन् । भविष्यमा सफल गायक बन्ने उनको संकल्प रहेको छ ।