• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

सङ्गीत गुरु कामत र किर्तिमानी क्रिकेटर महबुबलाई अग्रहरी सम्मान

सङ्गीत गुरु कामत र किर्तिमानी क्रिकेटर महबुबलाई अग्रहरी सम्मान

राजविराज, २७ चैत्र । वरिष्ठ सङ्गीत गुरु गुरुदेव कामत र विश्व किर्तिमानी क्रिकेटर महबुब आलम नगद राशी सहित सम्मानित हुने भएका छन् ।
नेपालका वरिष्ठ पत्रकार सिताराम अग्रहरीद्वारा आफ्ना मातापिताको नाममा स्थापना गरिएको उक्त पुरस्कारबाट उनीहरु सम्मानित हुने भएका हुन् । गोरखापत्र राष्ट्रिय दैनिकका पूर्व सम्पादक समेत रहेका अग्रहरीका माता गणपति देवीको स्मृतिमा स्थापित गणपति देवी सेवा सम्मान वरिष्ठ सङ्गीत साधक गुरुदेव कामतलाई प्रदान गरिने जनाईएको छ । सिराहा निवासी शास्त्रीय सङ्गीतज्ञ कामतलाई नगद दश हजार दश रुपैयाँ सहित सम्मानपत्रबाट सम्मानित गरिने वरिष्ठ पत्रकार अग्रहरीले जनाएका छन् ।
यसैगरी आफ्ना पिता लखनराम अग्रहरिको पुण्यस्मृतिमा स्थापित कर्मयोगी लखनराम अग्रहरि सेवा सम्मान सप्तरी निवासी क्रिकेटर महबुबलाई प्रदान गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन् । प्रतिभाशाली अलराउण्डर महबुबले अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सबै १० विकेट लिएर विश्व कीर्तिमान कायम गरेका थिए ।
वरिष्ठ पत्रकार अग्रहरीका अनुसार खेलको माध्यमबाट राष्ट्रको शिर ठाडो पार्ने काम गरेको भन्दै नगद दश हजार दश रुपैयाँ तथा सम्मानपत्रसहित आलमलाई उक्त सम्मान प्रदान गरिने निर्णय गरिएको छ । दुवै व्यक्तित्वलाई वैशाख ७ गते गृहनगर सुनसरीको दुहबीमा विशेष समारोहका बीच सम्मान प्रदान गरिने जनाईएको छ ।