• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मालपोत प्रमुखलाई मन्त्री साहको निर्देशन ‘अराजकता र अनियमितता नियन्त्रण गर्नुस्’

मालपोत प्रमुखलाई मन्त्री साहको निर्देशन ‘अराजकता र अनियमितता नियन्त्रण गर्नुस्’

राजविराज, २६ चैत्र । घुस प्रकरणमा एकपछि अर्को कर्मचारी पक्राउ पर्न थालेपछि सप्तरीको भुमि सुधार तथा मालपोत कार्यालय राजविराजमा प्रदेश २ सरकारले निगरानी थालिएको छ ।
सेवाग्राहीको बढ्दो गुनासो र गत सोमवार मात्रै एक नायब सुब्बा (नासु) लाई घुस रकमसहित रङ्गेहात पक्राउ परेपछि प्रदेश सरकारले निगरानी बढाएको हो । सोही क्रममा मङ्गलवार भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कार्यालयमा छड्के गरेका छन् ।
उनले कार्यालयको रजिष्ट्रेशन फाँटसहित अन्य फाँटको निरिक्षणपछि सेवाग्राहीलाई सहज सेवा दिने विषयमा कर्मचारीलाई निर्देशन समेत दिए । ‘पैसा माग्ने तथा फाइल अल्झाएर जनतालाई दुःख दिने कुरा कदापी स्विकार्य हुदैन्’ उनले भने–‘अराजकता र अनियमितता नियन्त्रण गर्नुस् ।’
कर्मचारीहरुको निगरानी गर्न तथा अराजकता र अनियमितता नियन्त्रण गर्न मन्त्री साहले कार्यालय प्रमुखलाई निर्देशन दिए ।
छड्केपछि उनले मालपोत कार्यालयमा घुस दिएपछि मात्रै काम हुने र हाक्का–हाक्कि पैसा मागेर सेवा ग्राहीलाई दुःख दिने गरेको सुनेपछि आफु निरिक्षणमा आएको न्यूज टुडेसँग साहले प्रतिक्रिया दिए । ‘सेवाग्राही तँछाड–मँछाड छ, अवस्था भद्रगोल छ’ उनले भने–‘कर्मचारी समायोजन हुन नसकेका कारण कर्मचारी अभाव देखिएकाले यस विषयमा तत्कालै संघिय सरकारसँग कुरा गर्छु ।’
मालपोत कार्यालय संघिय सरकार मातहत रहेको र कर्मचारी समेतको ब्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको भन्दै मन्त्री साहले यस विषयमा संघिय सरकारसँग कुरा गरी तत्काल कर्मचारी खटाउन र सिस्टममा देखिएको समस्या समाधानका लागि आग्रह गर्ने उनले प्रतिवद्धता जनाए ।
गृह जिल्ला समेत रहेका मन्त्रीले निरिक्षणमा पुगेपछि सेवाग्राहीले कार्यालयको अस्तब्यस्त अवस्था सुधार गर्न र जनताको काम सहज रुपमा सम्पन्न गर्ने वातावरण वनाउन माग गरे ।
उनीहरुले कर्मचारी अभाव र सिस्टमको दोष देखाएर सामान्य काममा पनि पैसा माग्ने गरेको तथा पैसा नदिए फाईल अड्काएर राख्ने गरेको गुनासो समेत गरे । दुई महिना अघिसम्म दैनिक ३ सय भन्दावढि लिखत रजिष्ट्रेशन हुदै आएको कार्यालयमा हाल दैनिक ५० वटा मात्रै रष्ट्रिशन पास हुँदा सेवाग्राही थपिदै जान थालेको भन्दै अनलाईन प्रणाली हटाउन उनीहरुले मन्त्रीको ध्यानाकर्षण गराए ।
सेवाग्राहीको काम सहज वनाउँन सुरु गरेको अनलाईन प्रकृयाले झन जटिलता थपेको सेवाग्राहीकोे भनाई छ ।
गत सोमवार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु बासुदेव मण्डललाई ४० हजार घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ । यसअघि गत फागुन ५ गते पनि कार्यालयबाट दुई जना कर्मचारीलाई घुस रकमसहित अख्तियारले पक्राउ गरेको थियो ।