• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

धार्मिक पर्यटन सरकारको प्राथमिकताः मुख्यमन्त्री राउत

धार्मिक पर्यटन सरकारको प्राथमिकताः मुख्यमन्त्री राउत

जनकपुरधाम, चैत २६ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् ।
सिरहाको लहान १८ स्थित पकडीया गढको संरक्षण सम्बद्र्धनको उद्देश्यले आयोजित पाँचौ पकडीया गढ महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले पकडीया गढको विकासको लागि प्रदेश सरकारले हर सम्भव सहयोग गर्ने बताए ।
उनले पकडीया गढको वृहत डिपिआर तयार गर्न संरक्षण समितिलाई आग्रह समेत गरे । अगामी आर्थिक वर्षमा प्रदेशको धार्मिक पर्यटकीय करिडोर निर्माणको कार्य शुरु हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले राजा सहलेशको गाथासंँग जोडिएको पकडीया गढलाई पनि करिडोर भित्रै राखेर विकास कार्य अघि बढाउने उल्लेख गरे ।
धार्मिक पर्यटकीय करिडोरको निर्माणपछि लाखौ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारले राखेको स्पष्ट गर्दै उनले त्यस पछि यस क्षेत्रमा आर्थिक गतिविधी तीब्र हुने बताए । गंगाबहादुर राउत क्षेत्रीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।