• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लायन्स क्लब अफ वीरगञ्ज ग्रिन क्याम्पसको अध्यक्षमा विजय कुशवाहा

लायन्स क्लब अफ वीरगञ्ज ग्रिन क्याम्पसको अध्यक्षमा विजय कुशवाहा

वीरगञ्ज, २३ चैत्र । लायन्स क्लब अफ वीरगञ्ज ग्रिन क्याम्पसको वर्ष २०१९–२० को लागि शनिवार एक समारोहका बीच विजय कुशवाहाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा श्याम गुप्ता, दितिय उपाध्यक्ष आयुष लाठ, तृतिय उपाध्यक्ष रोशन रौनियार, सचिव पुरुषोत्तम गुप्ता, सहसचिव प्रविण श्रेष्ठ, कोषाध्यक्ष प्रकाश श्रीवास्तव, सहकोषाध्यक्ष श्रवण कलवार लगायत १५ सदस्य रहेका छन् । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई लायन्स कलबका डिष्ट्रिक्ट एडभाइजर लायन देव चौधरी, डिष्ट्रिक्ट चिफ लायन उमेश साह कानु, एरिया चिफ लायन राघव आचार्य, रिजन चेयरपर्सन लायन बासु तिमल्सिना लगायतले बधाई तथा आगामी कार्यकालको लागि शुभकामना मन्तब्य व्यक्त गरे ।
उक्त अवसरमा लायन्स कलबको सातौं महाधिवेशनबाट एरिया चिफमा मनोनित लायन राघव आचार्यलाई सम्मानित समेत गरिएको छ । लायन्स कलबका वर्ष २०१८–१९ का अध्यक्ष लायन रविशंकर सर्राफको सभापतित्वमा आयोजित कार्यक्रममा जोन चेयर पर्सन लायन चन्द्रशेखर प्रसाद कुर्मी, डिष्ट्रिक्ट कोर्डिनेटर रिकेश साह, रामेश्वर गुप्ता लगायत क्लबका अन्य पदाधिकारीहरुको सहभािगता रहेको थियो ।