• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

परीक्षार्थीले केन्द्राध्यक्षलाई बुझाए खाली उत्तरपुस्तिका

परीक्षार्थीले केन्द्राध्यक्षलाई बुझाए खाली उत्तरपुस्तिका

राजविराज, १० चैत्र । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१ स्थित वि.पि. माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक परीक्षार्थीले खाली उत्तरपुस्तिका बुझाएका छन् ।
आइतवारदेखि सञ्चालन भएको एसईई परीक्षामा मावि हनुमाननगरका विद्यार्थी लक्ष्मण शर्माले खाली उत्तरपुस्तिका जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख शंकर लुईटेलको रोहबरमा केन्द्राध्यक्ष प्रकाश गुप्तालाई खाली उत्तरपुस्तिका बुझाएका हुन् । विद्यालयमा पढाई नै नभएको भन्दै परीक्षार्थी शर्माले उत्तरपुस्तिका बुझाएको जनाईएको छ ।
सिम्बोल नम्वर ७२१५०१२०७५ भएका परीक्षार्थी शर्मासँग जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख लुईटेलले कक्षा ८ र ९ कसरी उत्तीर्ण ग¥यौ ? भनी प्रश्न गर्दा शिक्षकहरुले त्यसै पास गरिदिएको जवाफ दिएको हाम्रा स्थानीय सम्वाददाता रामसेवक यादवले जानकारी दिएका छन् ।