राजविराज, २९ फागुन । पछिल्लो समय सप्तरी जिल्लामा विभिन्न नाममा निरास भई आत्महत्या गर्ने प्रवृति बढ्दै गएको छ ।
बुधबार मात्रै जिल्लामा एकबालक सहित दुई जनाले आत्महत्या गरेका ह्न । जिल्लाको कन्चनरुप नगरपालिका वडा नम्वर–५ स्थित पिप्रापुर्वका कुशेश्वर चौधरीकी २६ वर्षिय पत्नी माला चौधरीले आत्महत्या गरेकी छिन् । आफ्नै घर पछाडिको बारीमा रहेको आँपको रुखको हाँगामा आफैले लगाएकी साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी राजबिराज नगरपालिका वडा नम्वर–३ मा रहेको रोशन साहको घरमा कोठा लिई भाडामा बस्दैआएका एक बालकले झुण्डिएर आत्महत्या गरेका छन् । तिरहुत गाउँपालिका वडा नम्वर–५ लोहजराका कुलानन्द यादवको १५ वर्षिय गौतम यादव कोठाको सिलिङ्ग पंखामा कपडाको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसरी पछिल्लो समय बढ्दो आत्महत्याको घटनाहरुप्रति नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीले चिन्ता व्यक्त गरेका छन् । विभिन्न कारणवश समाजमा बढ्दो असन्तुष्टिका कारण भईरहेको घटनाहरुलाई न्युनिकरण गर्न सचेतनामूलक कार्यक्रमहरुका साथै सभ्य समाज निर्माणमा मद्दत पुर्याउने खालका क्रियाकलाप बढाउनुपर्नेमा उनको भनाइ छ ।