• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राष्ट्रिय अखण्डताको पक्षमा सप्तरीबाट जागरण अभियान

राष्ट्रिय अखण्डताको पक्षमा सप्तरीबाट जागरण अभियान

राजविराज, २८ फागुन । राष्ट्रिय अखण्डताको पक्षमा सप्तरीबाट जागरण अभियान शुरु भएको छ ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सप्तरीद्वारा ‘स्वतन्त्रता, स्वाभिमान र एकताको पहिचान, राष्ट्रिय अखण्डता हाम्रो अभियान’ भन्ने मुल नाराको साथ नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सप्तरीले राजविराजको विपि कोइराला संस्थाको सभा हलमा गरिएको कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष एव नेपाली कांग्रेसका युवा नेता संविधान सभा सदस्य रन्जित कर्णको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै नेता कर्णले भने ‘विखण्डनकारी सिके राउतलाई सामाजबाट बहिष्कार गर्नु पर्छ, बहुरुपी विखण्डनकारी सेके राउतलाई समाजबाट बहिष्कार गरौं ।’ मधेसका जनता पूर्ण रूपमा राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने सदैव प्रतिवद्धव्यक्त गरेका छन् । नेवि संघ सप्तरीका जिल्ला अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथि नेपाली काँग्रेस खोटाङका पूर्व सभापति एव युवा नेता सुभाष पोखरेल, नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव रामकुमार यादव, राजविराज नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष समिर झा, तरुण दल सप्तरीका संयोजक सिता प्रसाद यादव, ने.वि.संघ महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराजका नेता राकेश कुमार ठाकुर, महेश यादव र रञ्जना चौधरी लगायतले मन्तव्य व्यक्त गरे ।