• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चलचित्र ‘हली’को शुभ मुहुर्त सम्पन्न

काठमाण्डौ, २८ फागुन । चिरायु फिल्मस प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘हली’को शुभ मुहुर्त सम्पन्न भएको छ ।
राजधानिको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा नायक सरोज खनाल, प्रमोद दिप र नायिका सुजाता थापाले फिल्मको मुहुर्त शट दिदै नरिवल फोडेर चलचित्रको शुभमुहुर्त गरिएको हो । समसामयिक बिषयमा आधारित चलचित्रमा गाउँ समाजमा घटेका सामाजिक घटनालाई समेटिएको निर्देशक ओम प्रतिक गुरुङले जानकारी दिए । चलचित्रलाई निर्देशक गुरुङले नै लेखेका हुन् । चलचित्रका निर्मातामा पूजा गुरुङ, जस्मिन श्रेष्ठ र गोबिन्द लामिछाने रहेका छन् ।
सुदुर पश्चिमको रमणीय स्थानबाट आगामी चैत्र ७ गतेदेखि छायांकन सुरु गरिने चलचित्रमा सरोज खनाल, प्रमोद दिप, सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, विद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कञ्चन दुलाल, रोहित जोशी, सुरेश नगरकोटी लगायतका कलाकारको अभिनय रहने जनाईएको छ
। चलचित्रमा राहुल राइको छायांकन, शम्भुजित बास्कोटा र कृष्ण भारद्वाजको संगीत, कुमार महर्जनको द्वन्द तथा राम प्यासिको कोरियोग्राफि रहने छ । जीवनाथ गौतमको मुख्य सहायक निर्देशन रहने चलचित्रको मुहुर्त समारोहमा उपस्थित चलचित्र टिमले चलचित्रले हाम्रै गाउँ ठाउँमा घटेको घटनाहरुलाई प्रस्तुत गर्ने भन्दै आफुहरुले उठान गरेको बिषय बस्तुले दर्शकहरुको मन जित्नेमा आफुहरु आशाबादी रहेको बताए ।