• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
‘नेपाल–भारत खुला सिमा अवरोध गर्न पाईदैन’

राजविराज, ५ असोज । नेपालमा भारतले तस्करी, अपराधिक गतिविधि बढेको भन्दै खुला सिमा बन्द गरी परिचय पत्र लागू गर्ने षडयन्त्र भईरहेकोप्रति सप्तरीवासीले आपत्ति जनाएका छन् ।
नेपाल–भारत खुला सिमा सम्बाद समूहद्वारा राजविराजमा आयोजना गरिएको सम्वाद कार्यक्रममा प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले नेपाल र भारत बिचको बेटीरोटीको सम्बन्धलाई थप प्रगाढ बनाउनुको साटो सम्बन्धमा बाधा पुर्याउने काम भईरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । नेपाल भारतको सम्बन्ध सिमारहित रहेकोले विपतको बेलामा एक आपसमा सहयोगको लागि तारवारको औचित्य नरहेको बताउँदै उनले भने ‘तारवार लगाउने कार्य हामीहरुकालागि कदापि मान्य हुँदैन ।’
कार्यक्रममा इतिहासविद् डा. पिताम्वर यादवले दुबै देश बिचको धर्म संस्कृतिप्रति मधेशमै प्रतिबन्ध लगाउने काम भईरहेको उनले बताए । मेचीदेखि महाकालीसम्मका जनतालाई यसको वास्तविक कुरालाई बुझाउन अभियान सञ्चालन गर्नु पर्ने बताउँदै संसदसम्म पुर्याउनुको विकल्प नरहेको बताए ।
राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य तथा पुर्व क्याम्पस प्रमुख प्रा. अमरकान्त झाले सिमामा बोर्डर सिल लगाउनु भन्दा दुबै देशका भावनालाई बुझेर यसलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् । सम्वाद कार्यक्रमका भारत बिहार कुनौली प्रखण्डका मुिखया सत्यनारायण रजक तथा निर्मली प्रखण्डका पुर्व मुखिया अरबिन्द गुप्ता नेपाल भारतको सिमावर्ति क्षेत्रमामा हुने तस्करी र अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने भारत सरकार नीति भएको बताए ।
कार्यक्रममा राजपाका महासचिव तथा कार्यक्रमका अध्यक्ष राजिव झा, सह–महासचिव एवम् प्रदेश सांसद नेत्रबिक्रम साह, सह–महासचिव गजेन्द्र कुमार मण्डल, राजपा केन्द्रिय सदस्य तथा प्रदेश सांसद बिदेश्वर प्रसाद यादव, राजपा केन्दीय सदस्य तथा पुर्व सांसद बिपी यादव केन्दिय सदस्यहरू दिनेश यादव, नरेन्द्र यादव, बिशेश्वर रजक, अमरनाथ मण्डल, पुनम यादव, जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, छिन्मस्ता गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल, उपाध्यक्ष उषा मण्डल, राजविराजकी उपमेयर साधना झा, युवा नेता ईर्साद अन्सारी, राजपाका युवा नेता किशोर कुमार यादव लगायतले मन्तव्य व्यक्त गरे ।