• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

अन्तराष्ट्रिय डकुमेन्ट्रीमा ‘राज्जा रानी’ सिनेमा

अन्तराष्ट्रिय डकुमेन्ट्रीमा ‘राज्जा रानी’ सिनेमा

राजविराज, १ चैत । राज्जा रानी मैथिली सिनेमालाई समेटेर नेपाल्स चाइल्ड ब्राइडस अन्तराष्ट्रिय डकुमेन्ट्री तयार गरिएको छ ।
सिगांपुरको च्यानल न्यूज एसियाबाट १२ मार्च २०१८ को दिन प्रसारण भएको उक्त डकुमेन्ट्री सोही टेलिभिजनद्वारा नेपालका विभिन्न भागहरुमा छायांकन गरेर तयार गरिएको हो । नेपालमा बालविवाह एवम् दाइजोको वर्तमान अवस्था र यसले निम्त्याउने नकारात्मक असरहरु तथा बाल विवाह एवम् दाइजो विरुद्ध गरिएको सृजनात्मक तथा उदाहरणीय पहलहरु माथिखोज गरी उक्त डकुमेन्टरी तयार पारिएको छ ।
यही फेब्रुअरी २०१८ मा नेपालका विभिन्न भागहरुमा छांयाकन गरिएको डकुमेन्ट्रीलाई सिगांपुरमा कार्य गर्दै आएका पाकिस्तानी फिल्म मेकर सहजाद हमिद अहमदले निर्माण तथा निर्देशन गरेका छन् । त्यस्तै, नेपालका क्यामराम्यान विष्णु घिमिरेले छांयाकन गरेका छन् भने श्रवल राज पाण्डेले साउण्डम्यानको कार्य गरेका छन् । नेपालकी पत्रकार ईरा श्रेष्ठले डकुमेन्ट्रीमा फिल्ड प्रोड्यूसरको जिम्मेवारी निर्वाह गरेकी छिन् ।
नेपालका लगभग तीन करोड व्यक्तिहरुले पुस्तौदेखि ढाकछोप गरेर राखेको कुप्रथा दाइजो, बालविवाह, महिला हिंसा, महिलाको हत्या, र समग्र समाज देशको समृद्धिमा बाधक रहेका तथ्य सहित यस डकुमेन्ट्रीले सम्भवतः पहिलो पटक दाइजोको मुद्दालाई अन्तराष्ट्रिय स्तरमा उठान गरेको छ । बालविवाहएवम् दाइजो अन्त्यको लागि नेपाल सरकार तथा विभिन्न सरोकारवालाहरुको प्रयास र बालविवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालको पहलहरुलाई समेत समेटेको छ ।
डकुमेन्ट्रीमा अन्य सरोकारवालाहरुको प्रयास सहितभोर कम्पनीप्रा.लि.ले दाइजो पीडितको सत्य घटनामा आधारित भएर निर्माण गरेको तथा विभिन्न माध्यमबाट प्रदर्शन गरिरहेको राज्जा रानीे मार्फत नेपालका आमजनसमुदायमाझ बालविवाह, दाइजो एवम् महिला हिंसा विरुद्ध सचेतना अभिवृद्धि अभियानलाई प्रमुखताको साथ समेटेको छ । डकुमेन्ट्रीमा बालअधिकार अभियन्ता तथा फिल्ममेकर राजकुमार महतो, बालविवाहएवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपाल र राज्जा रानी मैथिली सिनेमाको प्रयासलाई सृजनात्मक र सफल उदाहरणको रुपमा प्रस्तुत गरिएको छ ।
अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेनद्वारा अभिनित चलचित्र ‘राज्जा रानी’को निर्माण आर्यन फिल्मस र भोर कम्पनी प्रा.लि.ले गरेको छ । सम्भवतः नेपाली सिनेमा अन्तराष्ट्रिय डकुमेन्ट्रीमा समावेश भएको यो पहिलो पटक होला । याम थापाको निर्देशन र रमेश एमके पौडेल तथा राजकुमार महतोले निर्माण गरेको चलचित्र ‘राज्जा रानी’मा केकी, नाजिरसंगै कामेश्वर चौरसिया, दीपक क्षेत्री, संगीता नापित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।