• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तकोशी नगरपालिकामा मेयर, उप–मेयरमा एमालेका उत्तम र आशा विजयी

सप्तकोशी नगरपालिकामा मेयर, उप–मेयरमा एमालेका उत्तम र आशा विजयी

राजविराज, ५ असोज । सप्तरीमा जारी पछिल्लो मतगणना परिणाम अनुसार नेकपा एमालेले सप्तकोशी नगरपालिकामा मेयर, उप मेयरसहित अधिकांश वडामा प्यानसहित विजयी भएको छ ।
एमालेका उत्तम कुमार गौतमले ३०३९ मत प्राप्त गरी अत्यधिक मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्घन्द्घी माओवादी केन्द्रका धु्रव कार्कीले १८८३ मत प्राप्त गरेका छन् । उप मेयरमा आशा देवी चौधरीले ३२२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्घन्द्घी माओवादी केन्द्रकी राजकुमारी चौधरीले २१९९ मत प्राप्त गरेका छन् ।
वडा नम्वर १, २, ३, ४, १० र ११ नम्वर वडामा प्यानलै विजयी भएको छ । सोही नगरपालिकामा माओवादी केन्द्रले वडा नम्वर ५, ६, ७, ८ र ९ मा वडा अध्यक्षसहित सदस्यहरु जितेको छ । यस्तै छिन्नमस्ता गाउँपालिका २ मा नयाँ शक्ति पार्टीका तुलसी प्रसाद साहसहितको प्यानल जितेर सप्तरीमा विजयी शुरुवात गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकामा मेयरमा संघीय समाजवादी फोरम नेपाल १३६०, उप मेयरमा १२३३, राजपा नेपाल ७२८, उप मेयरमा ७१९ र नेपाली कांग्रेका २५३, उपमेयरमा २८५ मत ल्याएका छन् । खडक नगरपालिकामा मेयरमा नेपाली काँग्रेस १३४७, उप मेयर १३४५, राजपाको मेयर १२३३, उप मेयर १०६३, एमालेका मेयर पदका उम्मेदवारले ११११, उप मेयर १०९८ मत प्राप्त गरेका छन् ।
सुरुङ्गा नगरपालिकाका एमाले ८६७, नेपाल लोकतान्त्रिक फोरम ६७६, काँग्रेस २९ मत ल्याएका छन् । बोदेबर्साइन नगरपालिकामा मेयर पदमा संघीय समाजवादी फोरम नेपाल ९८६, उपमेयरमा ८४२, राजपा नेपाल मेयर ६०४, उप मेयरमा ७११, नेपाली कांग्रेसका २९९, उप मेयरमा ३०४ मत ल्याएका छन् ।
डाक्नेश्वरी नगरपालिकामा मेयरमा राजपा नेपाल २१६४, उप मेयरमा २०९६, नेपाली कांग्रेस १८२१, उपमेयर १८९५, नेपाली काँग्रेस १७४८, एमाले १४९०, उप मेयर १७५७ मत प्राप्त गरेका छन् । कञ्चनरुप नगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसको ८४०, उप मेयरमा ८९६, नेकपा एमाले ६७०, उप मेयरमा ६०९ र संघीय समाजवादी फोरम नेपालका ४७३, उप मेयरमा ४९६ प्राप्त गरी अग्र स्थानमा रहेका छन् ।
सुरुङ्गा नगरपालिकाको मेयरमा एमाले ८६७ मत, उप मेयरमा ८१६ मत पाएका छन् नेपाली कांग्रेसका ५२९, उपमेयरमा ४३९, नेपाल लोकतान्त्रिक फोरमको ६७६, उपमेयरमा ५७० मत पाएका छन् । यसैगरी खडग नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस १००३, उप मेयर ९८३, राजपा ७१८, उप मेयरमा ७९६, नेकपा एमाले ५६५ र उपमेयरमा ४८२ मत प्राप्त गरेका छन् । शम्भुनाथ नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरम ६१५, उप मेयर ६३४, नेकपा एमाले ८८८, उप मेयर ६८४, नेपाली कांग्रेस ४४२, उप मेयरमा ४२३ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । यस्तै गाउँपालिकातर्फ बेल्ही चपेना गाउँपालिकाको अध्यक्षमा काँग्रेस १५००, उपाध्यक्षमा १५५०, संघीय समाजवादी फोरम नेपाल १०५०, उपाध्यक्षमा ९६२, नेकपा एमाले ९५२, उपाध्यक्षमा ९४० मत ल्याएका छन् । तिलाठी कोइलाडी गाउँपालिकामा नेपाली काँग्रेस १३०८, उपाध्यक्ष ९४१ मत, राजपा नेपाल ७९१, उपाध्यक्षमा ७७४, संघीय समाजवादी फोरम नेपाल २३०, उप मेयरमा ३२९ ल्याएका छन् । अग्निसाइर कृष्णासवरण गाउँपालिकामा प्रमुखमा नेपाली काँग्रेस ११८६, उप प्रमुखमा ९३९, नेकपा एमालेको ५६८, उप मेयरमा ५९१, नेपाल लोकतान्त्रिक फोरमका ५४६, उप प्रमुखमा ४८८ मत ल्याएका छन् ।
विष्णुपुर गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस १०८४, उपाध्यक्ष ११८४, संघीय समाजवादी फोरम नेपालको अध्यक्षमा ९२०, उपाध्यक्षमा ८८७, राजपा नेपाल अध्यक्ष ८४०, उपाध्यक्षमा ५६५ मतका साथ अग्र स्थानमा रहेका छन् । रुपनी गाउँपालिकामा अध्यक्षमा राजपा १२६१, उप प्रमुखमा १२०८, नेपाल नेपाली काँग्रेसको ६१९, उप प्रमुखमा ७१९ र माओवादी केन्द्र २८९, उप प्रमुखमा २५१ मत ल्याएका छन् ।
छिन्नमस्तामा गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टी १०२०, उपाध्यक्ष ६२६, संघीय समाजवादी फोरम नेपालबाट ५०६, उपाध्यक्षमा ४७५, राजपा नेपाल ५२६, उपाध्यक्षमा ५५० मत प्राप्त गरेका छन् । बलान विहुल गाउँपालिकामा फोरम नेपालको ५९७, एमाले ४७६, नेपाली कांग्रेस ४६६ मत पाएका छन् ।
यसैगरी महदेवा गाउँपालिकामा अध्यक्षमा संघीय समाजवादी फोरम नेपाल ६४६ मत, उपाध्यक्ष ५१५ मत, अध्यक्षमा राष्ट्रिय जनता पार्टी नेपाल ३२४, उपाध्यक्षमा ३५४ मत प्राप्त गरेका छन् ।
तिरहुत गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालबाट अध्यक्षमा ९०६, उपाध्यक्षमा ८४०, नेकपा माओवादी केन्द्रका अध्यक्षमा ३६२, उपाध्यक्षमा ३२२, नेपाल लोकतान्त्रिक फोरम २८६, उपाध्यक्षमा २६० मत पाएका छन् ।