• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

असोज ३ गते मधेशीकालागि कालो दिवसः नेता मण्डल

असोज ३ गते मधेशीकालागि कालो दिवसः नेता मण्डल

राजविराज, ३ असोज । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले असोज ३ लाई यो संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा स्मरण गरि नै रहने बताएका छन् ।

उनले मङ्गलवार प्रेस विज्ञप्ति जारी गर्दै असोज ३ गते मधेशी समुदायकोलागि हर्षको दिन नभई विस्मातको दिन भएको बताएका छन् । शासकवर्ग मधेशी जनताको जायज मागलाई दमन गर्न लाठी, गोलीको सिकार बनाई संविधान जारी गरी खुशीयाली मनाईरहेको बखत शासकवर्गको प्रहारबाट सहिद, अङ्गभङ्ग र घाइते भएका मधेशी सपूतको परिवारजनको बिलाप एवम् क्रन्दनबाट मधेश शोकमा डुबेको भनी प्रेस विज्ञप्तिमा स्मरण गरिएको छ ।