• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तामाङ घेदुङद्धारा कृष्णनगरका दलित बस्तीमा राहत वितरण

तामाङ घेदुङद्धारा कृष्णनगरका दलित बस्तीमा राहत वितरण

बिरेन्द्र बजार १६ भदौ । नेपाल तामाङ घेदुङ केन्द्रीय समितिको समवन्य तथा कुबेत घेदुङको सहयोगमा नेपाल तामाङ घेदुङ सप्तरीद्वारा शुक्रबार बाढी पीडीतलाई राहत वितरण गरेको छ ।
राजबिराज नगरपालिका वडा नम्बर–९ स्थित कृष्णनगरका दलित बस्तीका ५८ परिवार बाढी पीडितलाई राहत वितरण गरेको हो । नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले चामल २५ किलो, दाल २ किलो, खाने तेल १ लिटर, साबुन २ वटा, नुन १ किलोको दरले प्रति परिवार राहत स्वरुप खाधान्न सामाग्री वितरण गरे । राहत वितरणको क्रममा बोल्दै गोलेले राज्यको पहुँचबाट बञ्चित दलित बस्तीमा थोरै भए पनि राहत वितरण गर्नु पाउँदा खुशी लागेको बताए ।
सदरमुकामका बाढी पीडित दलित बस्तीमा सरकारी राहत सामाग्री नपुगेको प्रति दुःख ब्यक्त गर्दै गोले विपदको बेला सरकारले भेदभाब नगरी राहत वितरण गनुपर्नेमा जोड दिए । राहत वितरण कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्ब अध्यक्ष धीरेन्द्र प्रसाद साह, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य भिम बहादुर तामाङ, पुर्ब केन्द्रीय सदस्यहरु मेख बहादुर तामाङ, खड्ग बहादुर तामाङको उपस्थिति थियो ।
यस्तै नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले, आदिवासी जनजाती यूवा महासंघ सप्तरीका उपाध्यक्ष सुर्यमान तामाङ, नेपाल तामाङ साँस्कृति घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङ, नेपाल तमाङ घेदुङ तेरहौताका अध्यक्ष अशोक तामाङ, कल्याणपुरका अध्यक्ष सुर्यमान गोले लगायतको समेत उपस्थिती रहेको थियो ।
यस अघि केन्द्रीय अध्यक्ष गोलेले बाढीबाट क्षती भएको घर—घरमा पुगेर निरीक्षण गरी पीडितको समस्याबारे जानकारी लिएको पीडित लखन सदाले बताए ।