चर्चामा रहेको उपन्यास ‘मिस्ड कल’ कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को चौधौं कृति हो । जुन मिस्ड कल उपन्यासको अडियो सार्वजनिक भएको छ ।
सुरेन्द्र महर्जन ‘अमर’ कोचर्चित उपन्यास ‘मिस्ड कल’ धेरै भन्दा धेरै कम समयमा एक हजारप्रति बजारबाट बिक्री वितरण भएको ब्रदर्श बुक पब्लिकेसन्सले जानकारी पनि दिएको छ । के. के. अधिकारीले अडियो वाचन (उद्घोषण) गरेको उक्त अडियोमा सुरेन्द्र महर्जन ‘अमर’कै रचनामा रहेको बहुचर्चित गीत मेलिना राईको स्वर रहेको सुपर हिट ‘म भन्दा नि’ र निता थापा मगरको स्वर रहेको मन छुने हिट गीत ‘तड्पिएर बाँच्ने म पीडा दिने तिमी’को सुमधुर संगीत रहेको छ ।
‘म भन्दा नि’ र ‘तड्पिएर बाँच्ने म’ दुबै गीतलाई उत्कृष्ट संगीत दिने संगीतकार राज कुमारको संगीत ‘मिस्ड कल’ उपन्यासको अडियोमा समावेश गरी उपन्यास सुन्ने सबैलाई संगीतको पनि अलग्गै आनन्दको अनुभुती दिएको छ । सार्वजनिक उपन्यास एम सिरिजको युटुबमा सार्वजनिक भएको हो ।