युएसए, ७ जेठ । गैर आवासीय मधेशी संघ युएसएको नयाँ कार्य समिति ईन्द्रजीत यादवको अध्यक्षतामा शनिवार गठन गरिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा अभिशेक झा, उपाध्यक्षमा अनिलचन्द्र चौधरी, सचिवमा प्रमोद जयशवाल र कोषाध्यक्षमा धीरज कुमार चयन भएका छन् । मिडिया को–अर्डिनेटरमा अनिल यादव र प्रवक्तामा मनोज कुमार साह रहेका छन् । यसैगरी कार्यसमिति सदस्यमा अजय यादव, अजित यादव, भगल कापर, विजय चौधरी, धीरेन्द्र ठाकुर, कमलेश यादव, पिंकी झा, प्रमोद राज साह, रमेश साह, रोशा राज, रोशन महासेठ, तारा साह र उषा सिंह रहेका छन् । गैर आवासीय मधेशी संघ सामाजिक संस्थाको रुपमा सक्रिय रहदैआएको छ । मधेश र मधेशीको हक हितमा समर्पित उक्त संस्था विश्वका ३६ ओटा देशमा कार्यरत रहेको डा. रविन्द्र कुमार यादवले जानकारी दिएका छन् ।