सुरेश कुमार कार्की
विहानै उठ्दा तिम्रो सुन्दर मुहारमा ,
मुस्कान भर्न पाउँ ।
हरेक पल तिम्रो खुशीमा बाँच्न पाउँ ।।
तिम्रा अदम्य साहसले लम्केर,
तिम्रा हरेक पाइलामा प्रगतिले चुम्नु छ ।
चम्किलो संसारमा तारा बनी आउने छौ ।
मलाई सत्य विश्वास छ ।
मेरो सहारा बनेर आउने छौ ।।
प्यालामा विष राखि पिउने धक नमानी,
निष्कपट निश्चल भई बाँची रहेकी छौ ।
जानी न जानी ।।
बाँचेकी छौ , बैरी सारा भुलेर ।
मेरो खुशीमा जहिले पनि आउछेउ तिमी खुलेर ।।
नाता राख्यौं विश्वासको, कहिल्यै नतोड्ने ।
तिमीसँग सधै खुशी छु । वचन देउ कहिल्यै न छोड्ने ।।
Tags: