• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अञ्चल प्रहरी कार्यालयदेखि ओम शान्तिसम्मको सरसफाइ

अञ्चल प्रहरी कार्यालयदेखि ओम शान्तिसम्मको सरसफाइ

राजविराज, १४ फागुन । ‘सरसफाइ तपाईको हातमा हामी युवा तपाईको साथमा’ मुलनाराका साथ सप्तरी युथ नेपालले थालेको ५० हप्ते सरसफाइ सप्ताह अन्र्तगत २६ औं हप्ताह अञ्चल प्रहरी कार्यालय देखि ओम शान्तिसम्मको सरसफाइ गरेको छ ।
युवाहरुद्वारा गरिएको सरसफाइमा स्थानीय युवा तथा जनसमुदायको सहभागिता रहेको थियो । युवाहरुसंग आवश्यक श्रोत र साधन नभएता पनि बिना श्रोत साधनकै साप्ताहिक रुपमा सरसफाइ गर्नु परेको जानकारी सप्तरी युथका कौशल यादवले बताए । फोहोर धुलो धुवाँले रुघा खोकी लाग्ने हुनाले कम्तीमा मास्क तथा ग्लोब्स लगाएर सरसफाइ गर्नुपर्नेमा सो सामग्री नहुँदा सो समेत प्रयोग नगरी युवाहरुद्धारा सरसफाइ गरिएका थियो । श्रोत साधनको कमीका कारणले प्रभावकारी सरसफाइमा कमी हुने भएकोले आवश्यक श्रोत र साधनको सहयोग सम्बन्धित निकायले गर्नुपर्ने उनले बताए ।
५० हप्ते सरसफाइ अन्र्तगत गरिएको उक्त सरसफाइमा राजबिराज नगरपालिकाले २६ औं हप्तामा सो स्थान बर्षौदेखि फोहोर तथा बन्द अवस्थामा रहेको कल्भर्ट सफा गरेका छन् । २६ औं हप्ताको सरसफाइमा राजबिराज नगरपालिकाका ट्रयाक्टरले फोहोर उठाउन सप्तरी युथलाई सहयोग गरेका छन् ।
सप्तरी युथका सदस्य बालकृष्ण मण्डलको संयोजकत्वमा सञ्चालित २६ औं हप्ताहको सरसफाइ कार्यक्रममा समाजसेवी अखिलेश झा तथा फुटवल प्रशिक्षक राजकुमार परियारको सहभागिता रहेको थियो ।