• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीसहित देशैभरि मसाल जुलुस प्रदर्शन

राजविराज, १० फागुन । सरकारले स्थानीय चुनाव घोषणा गरे लगत्तै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीसहित देशैभरि मङ्गलवार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ ।
राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएको मसाल जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको छ । मसाल नगरको विभिन्न भाग परिक्रमा पश्चात सभामा परिणत भएको थियो । सभामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका केन्द्रीय तथा जिल्ला स्तरतका नेताहरुले सम्वोधन गरेको जनाईएको छ ।
प्राप्त जानकारी अनुसार सप्तरीका साथै सुनसरी, मोरङ्ग, सिरहा, महोत्तरी, धनुषा, बारा, पर्सालगायत जिल्ला सदरकमुकामहरुमा मसाल जुलुस प्रदर्शन गरिएको समाचार प्राप्त भएको छ । स्थानीय चुनाव घोषणा विरुद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेश बन्दको घोषणा गरेका छन् । मोर्चाले विहिवारदेखि १५ दिनसम्म तराईका जिल्लाहरुमा भण्डाफोर कार्यक्रम गर्ने संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक अमरनाथ मण्डलले मङ्गलवारै प्रेस विज्ञप्ति जारी गर्दै आ–आफ्नो स्थानबाट बन्दलाई सफल पार्न आह्वान गरेका छन् ।