राजविराज, ०९ फागुन । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको जण्डोलमा सोमबार बिहान यात्रुवाहक माईक्रो दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।
पश्चिमबाट पूर्वको काकडभिट्टातर्फ आउदै गरेको बा ३ ख ८२८७ नम्बरको हाईस माइक्रो जण्डोल–९ मा आफै अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परी घाइते हुनेमा सुनसरी सोनापुर–२ बस्ने बर्ष ३२ कि मधुदेवी साह, (गम्भिर), उनकी पति वर्ष ३५ को बिरेन्द्र साह (सामान्य), सुनसरी रामनगर भुटाहा–७ बस्ने बर्ष १९ को मोहमद नजिब (सामान्य), सोही ठाउँका वर्ष २० को मोहमद सुभान मियाँ (सामान्य), मोरङ केराबारी २ बस्ने बर्ष २५ को फडिन्द्र रोक्का (सामान्य), मोरङ रंगेली नगरपालिका ५ बस्ने बर्ष ३५ को रमेश कुमार साह दाहिने (मध्यम), मोरङ बेलबारी नगरपालिका ५ बस्ने बर्ष २३ को सन्दीप राई (सामान्य), झापा जलथला बस्ने बर्ष ३१ को रमेश रोईला (मध्यम), शनि–अर्जुन नगरपालिका ७ बस्ने बर्ष २० को भावना बर्तौला (मध्यम), सिन्धुली झारा २ बस्ने बर्ष २४ को तिर्थ अछामी (सामान्य), ईलाम नगरपालिका ८ बस्ने वर्ष २९ को जनक भट्टराई (सामान्य), धनकुटा नगरपालाक ४ बस्ने बर्ष २९ को दिप किरण बाग्ले (सामान्य), सिन्धुपाल्चोक फल्पीङकट्टी ८ बस्ने बर्ष २७ को प्रदीप खड्का (सामान्य), भारत कालेबुङ बस्ने बर्ष १६ की प्रिया सुब्बा (मध्यम), भारत कोलकता बस्ने बर्ष २८ को मोहम्मद रकन मियाँ (सामान्य) ।
ओखलढुड्डा फुलबारी ५ बस्ने बर्ष ४० को एलहरी लुईटेल (सामान्य) रहेका छन । घाइते दुई जनाको न्युरो अस्पताल विराटनगर तथा अन्यको धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । माइक्रो प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।