• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

२५ औं सप्ताहमा युवाहरुले गरे शिव मन्दिरदेखि गजेन्द्र चौकसम्म सरसफाई

२५ औं सप्ताहमा युवाहरुले गरे शिव मन्दिरदेखि गजेन्द्र चौकसम्म सरसफाई

राजबिराज, ७ फागुन । ‘सरसफाइ तपाईको हातमा हामी युवा तपाईको साथमा’ भन्ने नाराका साथ सप्तरी युथ नेपालले थालेको ५० हप्ते सरसफाइ सप्ताह अन्र्तगत शिव मन्दिररदेखि अदालत रोड हुदै गजेन्द्र चौकसम्मको सरसफाइ गरिएको छ ।
युवाहरुसँग आवश्यक श्रोत र साधन नभएता पनि बिना श्रोत साधनकै सरसफाइ गर्नु परेको जनाईएको छ । आवश्यक श्रोत र साधन अन्र्तगत मास्क समेत नहुँदा फोहोर धुलो धुवाँले रुघा खोकी लाग्ने हुनाले कम्तीमा माक्स तथा ग्लोब्स लगाएर सरसफाइ गर्नुपर्नेमा उक्त सामग्री बिना नै युवाहरुले सरसफाई गरेका छन् । सरसफाईमा आवश्यक श्रोत र साधनको सहयोग सम्बन्धित निकायले गर्नुपर्ने सप्तरी युथका आनवी सिंहले बताईन् ।
उक्त सरसफाइमा राजबिराज नगरपालिकाले उपलब्ध गराउनुपर्ने ट्रयाक्टर समेत उपलब्ध नगराएको कारण फोहोरको थुप्रो ब्यवस्थित गर्न युवाहरुलाई धौ–धौ परेको थियो । फोहोर सफा गरि एकै ठाउँमा जम्मा गरेता पनी हावाले गर्दा फेरी फोहोर उडाई जस्ताको त्यस्तै पार्ने हुनाले सरसफाइसँगै ट्रयाक्टर समेत परिचालन गर्दा अझ प्रभावकारी हुने जानकारी सप्तरी युथका मोहन यादवले बताए ।
अभियान २५ हप्ता पुग्दासम्म सप्तरी युथले गरेको काम प्रभावकारी रुपले जनमानसमा पुगेकोले धेरैको ब्यवहार तथा बानीमा परिवर्तन आईसकेकोले ५० हप्ता पुग्दासम्म सप्तरी जिल्ला सफा जिल्लाको रुपमा परिचित हुने बिश्वास लिएको जानकारी कार्यक्रममा उपस्थित नागरिक समाजका संयोजक थानसिंह भन्साली, सगरमाथा अपाङ्ग कल्याण समाजका अध्यक्ष बलदेव मण्डल, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्याम सुन्दर यादव बताए ।