• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अधिवेशनको भ्रममा नपर्न पत्रकार महासंघ शाखा सप्तरीको आग्रह

अधिवेशनको भ्रममा नपर्न पत्रकार महासंघ शाखा सप्तरीको आग्रह

राजविराज, ४ फागुन । पत्रकार महासंघ सप्तरीको हवाला दिदैं केहि व्यक्तिहरुले अनाधिकृत रुपमा स्थानीय केहि पत्रिकामा शाखाको जिल्ला अधिवेशन फागुन ७ गते हुने भनी सूचना प्रकाशित गरेकोमा त्यस्तो भ्रममा नपर्न महासंघले आग्रह गरेको छ ।
महासंघ शाखा सप्तरीले हाल अधिवेसनको मिति तय गरि नसकेकाले त्यस्तो भ्रममा नपर्न सम्पूर्ण सदस्य महानुभावलाई विज्ञप्ती मार्फत कार्यसमितिले आग्रह गरेको हो । फागुन ३ गते बसेको महासंघ कार्यसमितिको बैठकले महासंघ भित्रको सम्पूर्ण विवादको अन्त्य गरी मात्र अधिवेसनको मिति तय गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
महासंघका तात्कालिन अध्यक्ष प्रकाश खतिवडालाई महासंघका दुई तिहाई सदस्यले अबिश्वासको प्रस्ताव सहित पदमुक्त गरेको अबस्थामा उनको निर्देशनमा जारी गरिएको सूचना र नयाँ सदस्यताका लागि गरिएको सिफारिस पूर्ण रुपमा अवैधानिक भएको कार्यसमितिको बैठकले ठहर गरेको छ । महासंघले आफ्ना सम्पूर्ण सदस्यहरुको नामावली र नवीकरण वापत लाग्ने शुल्क तोकेको समयसिमा भित्रै महासंघ केन्द्रको खाता रहेको बैंक अफ काठमाण्डौमा जम्मा गरिसकेको समेत सम्पूर्ण सदस्य महानुभावहरुलाई जानकारी गराएका छन् । महासंघको दुई तिहाई बैठकले २४ जना नयाँ सदस्यताको सिफारिस तोकिएकै समयमा केन्द्रमा पठाइसकेकोले सो अनुमोदनकालागि समेत केन्द्रिय समितिसँग आग्रह गरिएको छ । नेपाल पत्रकार महासंघ सप्तरीसित आबद्ध अधिकांस पत्रकारहरुको नवीकरण शुल्क तोकिएकै समयभित्र जम्मा भइसक्दा पनि हालसम्म नवीकरण नगरेर महासंघ केन्द्रिय समितिले झन विवाद चर्काउने काम गरेको महासंघ कार्यसमितिको ठहर छ । कुनै सिमित ब्यक्तिको नवीकरण गरेर अबिधेसन गर्ने विषयमा सोच्नु दिवा स्वप्न मात्र हुने छ । त्यसरी गराइने अधिबेसन वा निर्वाचन कुनै पनि हालतमा स्वीकार्य नहुने प्रेस विज्ञप्तिमा उल्लेख छ । फागुन ७ गतेको लागि तोकिएको सप्तरी जिल्ला अबिधेसन हुन नसक्ने स्थिती रहेकोले नेपाल पत्रकार महासंघ सप्तरीको अधिवेशन तत्काल स्थगन गरी मूल विवाद समाधानकालागि पहल गर्न र अधिवेसनको अर्काे मिति तय गर्न केन्द्रिय समितिसँग शाखा सप्तरीले जोड्दार माग गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष श्रवणकुमार देव, सह सचिव सुधा देव, कोषाध्यक्ष मनोज माझी, सदस्यहरु भुषण सिंह, चन्दन यादव, बृजमान तामाङ्ग र राजकुमार पासवानद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ ।