• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जिवन शैली

यी हुन् नायिका डोली सरकारको भ्यालेन्टाइन डे स्पेशल

यी हुन् नायिका डोली सरकारको भ्यालेन्टाइन डे स्पेशल

राजविराज । लाखौं दर्शकमाझ लोकप्रिय रहेकी नायिक डोली सरकारले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्नो मनको राज बल्ल खोलेकी छिन् ।
‘भ्यालेन्टाइन डे’लाई युवायुवतीले विशेष दिनको रुपमा लिँदै आ–आफ्ना प्रेमी–प्रेमीका वा जीवन साथीको तस्विर सार्वजनिक गरिरहँदा उनले बलिवुड नायक हर्षवद्र्धन राणेको तस्विर सार्वजनिक गरेकी छिन् । फेसबुकमा उनले आफ्ना केही तस्विरसँगै नायक राणेसँग जोडिएको तस्विर सार्वजनिक गरेपछि प्रशंसकहरु छक्क परे । प्रशंसक र शुभचिन्तकहरुको प्रश्नको ओइरो लाग्न थालेपछि नायिका सरकारले ‘डोन्ट ओरी, हि ईज जस्ट बलिवुड एक्टर…नट माइ लभ…बट आइ एम हिज बिग फ्यान’ भनी जवाफ लेख्न बाध्य भईन् ।
‘नायक राणेको हिन्दी फिल्म ‘सनम तेरी कसम’ फिल्म हेरेपछि म उनको फ्यान भए’ नायिका डोलीले भनिन् ‘उनको एक्टिङ्ग, बोल्ने शैली र लुक्स धेरै मन पर्छ ।’ आफूले हालसम्म कलाक्षेत्रमै समर्पित भएर लागेको बताउँदै केरियरमा सफलता पाएपछि मात्र मनको राजाको विषयमा सोच्ने जानकारी दिईन् ।
‘भ्यालेन्टाइन डे’ लाई आफूले विशेष दिनको रुपमा लिएको बताउँदै भनिन् ‘मलाई माया गर्ने मेरा फ्यानहरु धेरै छन्, म वहाँहरुलाई स्पेशल धन्यवाद दिन चाहन्छु ।’ ‘भ्यालेन्टाइन डे’ हाम्रो संस्कृति नभए पनि यो दिनमा एक आपसमा शुभकामना आदान–प्रदान गर्नुलाई सकारात्मक रुपमा लिएको उनले बताईन् । नायिका डोलीले भनिन् ‘प्रेम दिवसको विषयमा आ–आफ्नै बुझाई हुनसक्छ तर मेरो बुझाईमा प्रेमी–प्रेमिका बिचको प्रेम मात्रै प्रेमको परिभाषा होइन, आमाबुवा, दाजुभाइ, साथीसङ्गी बिचको स्नेह नै प्रेम हो ।’ ‘भ्यालेन्टाइन डे’लाई विकृत रुपमा नभई सकारात्मक रुपमा लिनुपर्ने उनको बुझाई छ ।