• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागुऔषधसहित दुई पक्राउ
मोरङ, २ फाल्गुन । झापा र मोरङबाट आइतबार लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले झापाको मेचीनगर नगरपालिका–१० स्थित मेचिपुल नजिकैबाट मे ८ प ७१२४ नम्बरको मोटरसाइकल चेकजाँज गर्ने क्रममा मोटरसाइकल चालक दमक–३ बस्ने १८ बर्षिय रितेश मगरले हेलमेटमा लुकाई ल्याएको लुपिजेसिक १७ एम्पुल , फेनारागन १७ एम्पुल, डाइजेपाम १७ एम्पुल  बरामद गरेको हो । साथै मोटरसाइकल पछाडी सवार सोही ठाउँका २२ बर्षिय सुरज मगरलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
त्यस्तै लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले मोरङको विराटनगर–२१ मा भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका  सुनसरीको धरान–८ भृकुटी मार्ग बस्ने २३ बर्षिय  मन्जित विश्वकर्मालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट शरिरको  विभिन्न भागमा लुकाइ ल्याएको लुपिजेसिक २१ एम्पुल, डाइजेल्याब २१ एम्पुल, एभिल २० एम्पुल र फेनारगन ५ एम्पुल बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय  रानीमा राखी  थप अनुसन्धान भइरहेको छ ।