राजविराज, १ फागुन । सप्तरीको गोवरगाढा–३ स्थित कोशी टप्पुबाट प्रहरीले शुक्रबार १ थान कटुवा पेस्तोल तथा सोको ३ राउण्ड गोली बरामद गरेको छ ।
ज्यान मार्ने उद्योगको फरार प्रतिवादी गोवरगाढा–३ का ३८ वर्षिय नसरुल मियाँ उक्त ठाउँमा लुकीछिपी बसेको छ भन्ने गोप्य सुचना पाएपछि प्रहरीको टोली खोजतलास गर्न पुगेको थियो । अनुसन्धान गर्ने क्रममा नसरुल मियाँ भारततर्फ भागेको र उक्त ठाउँमा खानतलासी गर्दा १ थान कटुवा पेस्तोल तथा ३ राउण्ड गोलीर १ थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।