• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजको महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पसको परीक्षा शाखामा तालाबन्दी

राजविराजको महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पसको परीक्षा शाखामा तालाबन्दी

चन्दनकुमार यादब
राजविराज २८ माघ । राजविराज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले परीक्षा शाखामा शुक्रवार तालाबन्दी गरेको छ ।
विद्यार्थी संगठनले उठाएको मांगलाई बेवास्ता गर्दे क्याम्पस प्रशासनले स्ववियु निर्वाचनको तयारी गर्न लागेपछि उनीहरुले तालाबन्दी गरेको हो । त्रिबिले ऐक्कासी भर्ना रोकेपछि भर्ना खुलाउनु पर्ने मांग राखी संयुक्त बिद्यार्थी संगठनले तालाबन्दी गरेको छ । सो अवसरमा क्याम्पसको बिभिन्न बिद्यार्थी संगठनका जिल्ला तथा ईकाई पदाधिकारीहरुको उपस्थिती रहेको बिद्यार्थी मंचका जिल्ला कोषाध्यक्ष नरेश कुमार यादबले बताएका छन् ।
त्रिविले विगत ८ वर्ष देखि स्थगन गरीराखेको चुनावको मिति फागुन १४ गते तय गरी पत्राचार गरेपछि क्याम्पसमा चहल पहल बढेको हो । विद्यार्थी संगठनहरुले आफ्ना उम्मेदवार चयनदेखि लिएर क्याम्पसमा प्रचारप्रसारको साथै संगठन निर्माणलाई समेत तिब्रता दिएको छ । क्याम्पसले एक्कासी भर्ना बन्द गरेकोले मार्कामा परेको र पहल गरी दिन विद्यार्थीहरुले अनुरोध गरेका छन् । मधेशको समस्या समाधान नै नगरी देशमा कुनै पनि चुनाव गराउनु दुर्भाग्य हुने बताउछन् बिद्यार्थी मञ्चका केन्द्रिय सदस्य एंव जिल्ला अध्यक्ष शम्भु यादव ।
संगठन निर्माणको क्रममा यस अघि विभिन्न विद्यार्थी संगठनहरुले समेत अन्तरक्रिया र समायोजन कार्यक्रमहरु सम्पन्न गरी सकेको छ भने संगठनका जिल्ला देखि केन्द्रिय नेताहरु क्याम्पसमा चहल पहल बढाएको छ । चुनावको विषयमा भर्ना गराउनुपर्ने माग राखि मधेशवादी दलका विद्यार्थी संगठनहरुले यस अघि नै क्याम्पस प्रमुख र लेखाशाखामा तालाबन्दी गरेको छ भने नेवि संघ, अखिल र अखिल क्रान्तीकारीले त्यसको विरोध गरी यथास्थितीमा निर्वाचन गराउनुपर्ने माग अघि सारेको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकीएसँगै राजविराज स्थित एक मात्र सरकारी क्याम्पस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुको चहल–पहल बढेको छ ।