• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बासी समोसा बिक्री गरेको आरोपी साहमाथि कालोबजारी मुद्दा

बासी समोसा बिक्री गरेको आरोपी साहमाथि कालोबजारी मुद्दा

राजविराज, २७ माघ । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–३ स्थित आदर्श स्वीट सेन्टरका सञ्चालक उमेश प्रसाद साहलाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।

पसलभित्र सडेगलेको अवस्थामा बासी समोसा (सिंगडा)लाई ताजा हो भनि बेचबिखन गरेको आरोपमा ४२ वर्षिय साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको हो । सडेगलेको समोसा खरिद गरी खाने स्थानिय व्यक्तिहरु बिरामी भए पश्चात मौखिक रुपमा प्रहरीमा उजुरी गरेपछि प्रहरी टोलीले मिठाई पसलबाट बासी तथा सडेगलेको अवस्थामा रहेका समोसा सहित साहलाई पक्राउ गरी ल्याई कालोबजारी मुद्दामा म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाईएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
यसै बिच आदर्श स्वीट सेन्टरका सञ्चालक साहलाई पक्राउ गरी कालोबजारी मुद्दामा म्याद थप गर्नुको कुनै तुक नरहेको भनी सप्तरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले गम्भीर आपत्ती जनाएका छन् । साहले बासी समोसा बिक्री गरेकै भए पनि समोसाको परीक्षणका साथै खाद्य अनुगमन सम्वन्धि मुद्दामा अनुसन्धान हुनुपर्नेमा कालोबजारी भनी परिभाषित गरेर मुद्दा चलाएर फँसाउन खोजेको उनले प्रतिक्रिया जनाएका छन् ।
यस्तै नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ सप्तरीका अध्यक्ष शिवनारायण साह ‘सुरज’ले स्वीट सेन्टरका सञ्चालक साहलाई फँसाउने नियतले वास्तविकतालाई बङ्गयाएर हुँदै नभएको मुद्दा लगाईनु घोर अन्यायपूर्ण कार्य भएको भन्दै आपती जनाएका छन् । उनले भने ‘उमेशले कुनै मालसामानको कालोबजारी गरेको छैन, खाद्य सामग्री गुणस्तरहिन पाईएको हो भने त्यसको जाँच अनुसन्धान हुनुपथ्र्यो तर कालोबजारी मुद्दामा अनुसन्धान गर्नुको कुनै तारतम्य छैन ।
यसै बिच साहका छोरा आकाश आदर्शले विहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना बुवामाथि कालोबजारी मुद्दा चलाउने कुराबाट आफु आश्चर्यचकित भएको बताएका छन् । पसलबाट १५ ओटा समोसा महेन्द्र विन्देश्वरी क्याम्पस लगेको भन्दै एक्कासी बुवालाई पक्राउ गरी मुद्दा चलाएकोमा छोरा आदर्शले चिन्ता व्यक्त गरेका छन् ।