Top_Header_Right_Add

धनुषा नापी कार्यालयमा नक्शा माग्दा सेवाग्राही कुटिए

धनुषा नापी कार्यालयमा नक्शा माग्दा सेवाग्राही कुटिए

घनश्याम मिश्रा
धनुषा, २७ माघ । धनुषा जिल्लाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले विहीवार निर्घात कुटपीट गरेका छन् ।
धनुषाको श्याम चौक निवासी ललन शाह र उनका छोरा अमित शाहलाई कर्मचारीले कुटपिट गरेका छन् । नक्शा उपलब्ध गराउन भन्दा नापी कार्यालय धनुषाका कर्मचारीले बहाना बनाउनं थालेपछि आक्रोशित बन्न पुगेका सेवाग्राही ललन साहलाई कार्यालय प्रमुख सहित अन्य कर्मचारी मिलेर कुटपीट गरेको पीडित साहको आरोप छ ।
नापी कार्यालय धनुषालाइ कुटपीट घटनाबारे सोध्दा नक्सा फाँटका कर्मचारी कतै गएकोले एक्कै छिन पर्खिन भनेपछि गालीगलौजमा उत्रेपछि घटना भएको स्वीकार गरेका छन् । घाइते सेवाग्राही ललनलाई स्थानीय धनुषा प्रहरीले उपचारकालागि जनकपुर अञ्चल अस्पताल लगेको सेवाग्राही अमितले जानकारी दिएका छन् । घाइते साह जनकपुरको श्याम चौक स्थित माछा पसल गरेर गुजारा चलाउँदैआएका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer