• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डा. राउतको रिहाईको माग गर्दै छिन्नमस्ता र खुरहुरियामा प्रदर्शन

डा. राउतको रिहाईको माग गर्दै छिन्नमस्ता र खुरहुरियामा प्रदर्शन

अशोक शर्मा
सखडा, २५ माघ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतको रिहाईको माग गर्दै बुधवार सप्तरीको छिन्नमस्ता स्थित सखडा बजारमा प्रदर्शन गरिएको छ ।
गठबन्धन समर्थकहरुले नाराबाजी बजारको विभिन्न परिक्रमा पश्चात छिन्नमस्ता भगवती शक्तिपीठ अगाडि कोणसभामा परिणत भएको छ । उक्त सभामा गठबन्धनका अभियानकर्ता रामनारायण साहले सम्वोधन गरेका छन् ।
यस अघि मङ्गलवार डा. राउतको रिहाईको माग गर्दै सप्तरीको मलेकपुर गाविस स्थित खुरहुरिया चौकमा प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्दै गृहमन्त्रीको पुतला समेत दहन गरेको जनाईएको छ ।
डा. राउत धनुषाको जनकपुरधामबाट प्रहरीले गत विहीवार दिउँसो पक्राउ गरेका छन् । राज्य विप्लव मुद्दामा अदालतबाट १० दिनको म्याद थप गराई डा. राउतलाई सिरहाको लहान स्थित ईलाका प्रहरी कार्यालयमा अनुसन्धानकालागि राखिएको छ ।