• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

कलर्स टिभीको ‘सिंगिंङ्ग रियालटी शो’ राईजिंग स्टार’मा मैथिली ठाकुर

कलर्स टिभीको ‘सिंगिंङ्ग रियालटी शो’ राईजिंग स्टार’मा मैथिली ठाकुर

राजविराज । भारतको चर्चित कलर्स टेलिभिजनबाट प्रशारण भईरहेको सिंगिंङ्ग रियालटी शो ’राईजिंग स्टार’मा मैथिलीभाषी मैथिली ठाकुर सहभागी हुने अवसर पाएकी छिन् ।
गत शनिवारदेखि सञ्चालनमा आएको उक्त ‘शो’ मा मिथिलाकी छोरी ठाकुर आफ्नो जादुमय आवाजले पहिलो अडिसनमा निर्णायकहरुको दिल जित्दै टिभी स्क्रीनमा आउन लागेकी छिन् । राती ९ बजेदेखि प्रशारण भईरहेको उक्त ‘शो’मा मैथिली ठाकुरको कला प्रदर्शन हुने जनाईएको छ ।
आठ राउण्डसम्म चल्ने उक्त ‘शो’ ६० जना गायगायिकाको सहभागीता रहने कलर्स टिभीले जनाएको छ । अडियन्सद्वारा गरिएको भोटिङ्ग अनलाइन हुनेछ । कलर्स टिभी च्यानलको एन्ड्राइड एप्पको माध्यमबाट भोटिङ्ग गर्न सकिनेछ । यसकालागि कलर्स टिभीको एन्ड्राइड एप्प डाउनलोड गरि आफ्नो फेसबुक वा ट्विटर आइडिबाट लिंक गर्नुपर्नेछ । त्यसपछि ‘राईजिंग स्टार’ का प्रतियोगीलाई भोटिङ्ग गर्न सकिनेछ । यस ‘शो’को जजको रूपमा चर्चित गायक शंकर महादेवन, मोनाली ठाकुर आर दिलजित दोसांज रहेका छन् । सिंंगिङ्ग रियालटी ‘शो’ को विशेषता नै हो अडियन्स अर्थात दर्शकको मतबाट नै सहभागीलाई चयन गरिने भएकोले विभिन्न मथिली संघसंस्थाले उनलाई मतदान गर्न अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष समेत रहेकी साहित्यकार करुणा झाले आग्रह गरेकी छिन् ।

को हुन् मैथिली ठाकुर ?
मधुबनी जिल्लाको बेनीपट्टी (उड़ेन) निवासी मैथिली ठाकुरको प्रारम्भिक सङ्गीतको शिक्षा बाजे (दादा) बच्चा ठाकुर र बुवा रमेश ठाकुरबाट पाएकी छिन् । ग्रामिण परिवेशमा हुर्किएकी मैथिली हाल द्वारिका, दिल्लीमा परिवारजनकासाथ बसेर बाल भवन इन्टरनेशनल स्कुल, द्वारिकाबाट कक्षा ११ मा अध्ययनरत छिन् । मैथिली ठाकुरले गीत–सङ्गीतको क्षेत्रमा दर्जनौ पुरस्कार प्राप्त गरिसकेकी छिन् ।
मैथिलीले यसअघि राष्ट्रियस्तरको सिंगिङ्ग शो ‘इंडियन आइडल जूनियर( २०१५), सारेगमप सहितका रियालटी ‘शो’हरुमा प्रतिभा देखाईसकेकी छिन् ।