• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भतिजाको हत्या गर्ने काकी प्रहरी हिरासतमा

राजविराज, २४ माघ । घरायसी विवादमा आफ्नै भतिजाको हत्या गर्ने काकीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको पातो गाउँ विकास समितिको वडा नम्वर–६ राम देव मण्डलको ३ वर्षिय छोरा राम अवतार मण्डललाई आफ्नै काकी पर्ने अशोक मण्डलकी २५ वर्षिया पत्नी उर्मिला देवी मण्डललाई प्रहरीले पक्राउ गरेको हो । मृतक रामअवतारका बुवा धर्मदेब मण्डल र काका अशोक मण्डल खंग केही बर्षदेखि भारतको मुम्बईमा सिलाई कटाईको काम गर्दैआईरहेका छन् । आइतवार बिहानको समयमा मृतकका हजुरबुबा इट्टाभट्टामा इट्टा बनाउने काम गर्न गएको अवस्थामा दिनको करिब २ बजेको समयमा मृतकका हजुरआमा बिणा देवी घाँस काट्न गएकी थिईन् । यता मृतक बालककी आमा चन्द्रिका देवी पात लिन घरबाट जङ्गलतर्फ गएपछि घरमा स–साना बालबच्चासहित उर्मिला देवी मात्र थिईन् । घर परिवारमा हुने सामान्य भनाभन, वादविवादको विषयमा राम अवतारलाई घरमा कोही पनि नभएको मौकापारी घरायसी वादविादको रिसइवी साँध्न घर आँगनमा नै घाँटी थिचेर हत्या गरिन् । बालकको हत्या गरेर पुरानो साडीको कपडामा पोको पारी सेतो प्लाष्टिकको बोरामा हाल घरको पछाडीपट्टी रहेको रुखको सुकेको पात राख्ने स्थानमा छोपेर राखेको जिल्ला प्रहरी कार्यालयको बयानमा उल्लेख छ ।
चन्द्रिका देवी पात दाउरा लिई जङ्गलबाट दिनको करिब २ बजेको समयमा घर आई दुध खाने वालक छोरा रामअवतार खंगलाई घरमा नदेखेपछि छोराको खोजतलास गर्दा घर तथा छरछिमेकमा समेत फेला नपरेपछि खोजतलास गर्ने क्रममा दिउँसो ४ बजेको समयमा फेला परेको भनी तत्कालै स्थानिय प्रहरी समेतलाई जानकारी भए पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान टोली समेत घटनास्थलमा पुगेर उर्मिला देवीलाई नियन्त्रणमा लिएका छन् ।
अनुसन्धानको क्रममा बालक राम अवतार मण्डललाई मृतकको आमासँग भएको घरायसी विवादमा घाँटी निमोठी मारी घरको पछाडि सुकेको पात थुप्रो मुनी बोरामा हाली लुकाएको कुरा निज उर्मिला देवीले स्वीकार गरेकी छिन् । उनलाई सोमवारै कर्तव्य ज्यान शिर्षक मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिएका छन् ।
दाजुभाइ धर्मदेव मण्डल खंग र अशोक मण्डल खंग करिब ४–५ महिना अघि खेतीपातीको काम गर्न मुम्बईबाट घर आएर एक हप्ता अघि मात्र दुबै दाजुभाइ सिलाई कटाईको काम गर्न मुम्बई गएका छन् । ३ दिन अघि मृतक रामअवतारकी आमासँग उर्मिला देवीको घरायसी विवाद भएको थियो । सोही विवादमा तेरो छोरालाई मारिदिन्छु भनेर घम्की समेत दिएको कुरा मृतककी आमाले बताएकी छिन् ।