• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बिना कमिशन जिविस सप्तरीले निकासा दिँदैनः सांसद देव

बिना कमिशन जिविस सप्तरीले निकासा दिँदैनः सांसद देव

राजविराज, २४ माघ । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का उपाध्यक्ष तथा सांसद जितेन्द्रनारायण देवले जिल्ला विकास समिति सप्तरीले बिना कमिशन निकासा नदिने गरेको खुलासा गरेका छन् ।
राजविराजमा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । जतिसुकै राम्रो काम गर्दा पनि कर्मचारीले खुलेयाम कमिशन लिने गरेको बताउँदै उनले भने ‘जिल्ला विकास समितिका कर्मचारीले बिना कमिसन रकम निकासा दिँदैन, नदिए निकासाकालागि महिनौ धाउनुपर्ने अवस्था छ ।’
सप्तरीका सांसदहरुले नै जिल्ला विकास समितिका कर्मचारीलाई कमिसन दिएर संसदिय विकास कोषको रकम निकासा लिने गरेको खुलासा गरे । आफूले प्रत्यक्ष कमिशन नदिएको तर उपभोक्ता समितिमार्फत लिने गरेको नेता देवले बताए । ‘जिविस सप्तरीमा सांसदले पनि पैसा नदिई रकम निकासा हुँदैन’ उनले भने ‘विना चुहावट काम हुनु पर्नेमा ब्यापक भ्रष्टाचार भइरहेको छ ।’
उपभोक्ता समितिको विल फछ्र्यौठ गराउन समेत कमिसन चाहिने गरेको भन्दै सांसद देवले यस विषयमा आफुले ३ पटकसम्म ब्यवस्थापिका संसदमा कुरा उठाएको पत्रकार सम्मेलनमा जानकारी दिए । सांसद विशेष पुर्वाधार योजनाको ३ करोड र सांसद कोषको ५० लाख दुवै रकम निकासामा कर्मचारीलाई कमिसन दिनुपर्ने अवस्था रहेको उनले संचारकर्मीहरु समक्ष खुलासा गरे ।
यस विषयमा जिविसमा हुने सांसदहरु सहितको संयुक्त वैठकमा पनि आफुले कुरा उठाउँदा नेता देवले सन्तोषजनक जवाफ नपाएको बताए । जिल्लाको विकासको बाधकको रुपमा मौलाउँदै गएको कमिशनरुपी भ्रष्टाचारलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।