• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चोरी मुद्दाका फरार एक पक्राउ

पाँचथर, २४ माघ । अदालतबाट बिभिन्न मुद्दा कैद तथा जरिवाना फैसला भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा पाँचथर एक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला अदालत पाँचथरबाट चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय भएका पाँचथर अमरपुर–२ बस्ने ५२ बर्षिय जगत बहादुर वाग्ले रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले झापाको भद्रपुर–८ बाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत पाँचथरमा बुझाइ कैद भुक्तानको लागी जिल्ला कारागार पाँचथर पठाईएको प्रहरीले जनाएको छ ।