राजविराज, २३ माघ । सरस्वतीपुजाको अवसर पारेर गत बुधवार बिराटनगरमा आयोजित एक कार्यक्रमका सु–प्रसिद्ध पाश्र्व गायक रामा मण्डललाई सम्मान गरिएको छ ।
विराटनगर–१९ रानी स्थित नेपाल–भारत मैत्री संघले आयोजना गरेको भव्य सांस्कृतिक कार्यक्रममा उनलाई सम्मान गरिएको हो । विगत चार दशकदेखि गायन क्षेत्रमा सक्रिय रहँदैआएका उनलाई सम्मान गर्नुकासाथै दरैहिया चौकलाई गायक चौक समेत घोषणा गरिएको छ ।
कार्यक्रममा नेपाल र भारतका गायक–गायिका, राजनीतिकर्मी समेतको उपस्थिति रहेको थियो ।