• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सिरहामा गठबन्धनका ११ जना पक्राउ

लहान, २३ माघ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलगायतको रिहाईको माग गर्दै सिरहामा गरिएको प्रदर्शनका क्रममा ११ जना पक्राउ परेका छन् ।
रिहाईको माग गर्दै निकालिएको जुलुुसमा हस्तक्षेप गर्दै प्रहरीले गठबन्धन समर्थकलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ । पक्राउ पर्नेहरुमा जितेन्द्र कुमार यादव, रामकरण यादव, अमरनाथ शाह, अरूण कुमार यादव, चन्द्रदेव यादव, मदन कृष्ण यादव, बिपिन यादव, प्रमोद जंग अधिकारी, मनोज यादव, रूकेश शाह र रामसागर यादव रहेका छन् । प्रहरीले उनीहरुलाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको जनाईएको छ ।