राजविराज, २१ माघ । डा। सिके राउत पक्राउको विरोध गर्दै मधेशका विभिन्न जिल्लाबाट प्रदर्शन गर्ने क्रममा दर्जनौ समर्थक पक्राउ परेका छन् ।
झापा, मोरङ्ग, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु लगायतका जिल्लाहरूमा प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेको गठबन्धनका सह–संयोजक कैलाश महतोले शुक्रवार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । शान्तिपूर्ण जनप्रदर्शनमा नेपाल प्रहरीले लाठी चार्ज गरी करिब सय जना समर्थकलाई हिरासतमा लिएका छन् ।
प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार विराटनगरबाट अजय साह, अर्जुन यादव, अमरेश यादव, श्याम यादव, संतोष यादव, बिमलेश महतो, अनिल मण्डल, शुसिल मण्डल, कृष्ण साह, सुरेश यादव पक्राउ परेका राम नारायण साहले हिरासतबाटै फोन गरेर जानकारी दिएका छन् । यस्तै सिरहाको लहान बजारबाट सञ्जय यादव लाठी चार्ज गरी राजकुमार यादव९त्यागी०, सञ्जय यादव, सन्तोस यादव, सुरेश प्रसाद यादव, विपिन यादव, रुकेश शाह, अरबिन्द सहनी, लक्ष्मेश्वर कापर, राजेश यादव, राकेश कुमार यादव, रामशकर यादव, अमरनाथ साह, दिपेन्दर सिके, रोशन यादव, रामकृष्ण यादव, श्याम कुमार यादव, शिवकुमार महतो, सुरेश यादव, बिनोद यादव, अशोक कुमार यादव, प्रमोद कु यादव पक्राउ परेका छन् ।
रौतहटबाट अशोक सिंह, बिरेन्द्र शाह, श्याम यादव, रामाकानत ठाकुर, राजु यादव, श्याम गिरी, राजकिशोर साह, अजय कुमार ठाकुर, अशोक कुमार साहलगायतलाई पक्राउ गरिएको छ । यसैगरी सप्तरीका भारदहबाट राज नारायण यादव, रोशन झा, भोगेन्द्र शर्मा, संजिव गाइम, सुरेन्द्र मण्डल, शिव नन्दन माझी, बब्लु माझी, सुरज झा, शंकर खड़गा, बिनोद कापैर, बिरेन्द्र राउत, अशोक गाइम, लक्ष्मण मैरता, सिताराम खड़गा दर्जनों समर्थकलाई हिरासतमा लिई बेलुकी रिहाई गरेको छ । रूपन्देही, नवलपरासी र कपिलवस्तुमा पुतला दहन गरेको जनाईएको छ । डा। राउतलाई पक्राउ गरेको विरोधमा सहरका अलावा ग्रामिण भेगहरूमा समेत प्रदर्शन भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
यसैगरी डा। राउतको रिहाईकालागि सहयोग गर्न स्वतन्त्र मधेश गठबन्धन आम जनसमुदायसँग गठबन्धनले आग्रह गरेको छ । जन प्रर्दर्शन पूर्ण रुपमा शान्तिपूर्ण, अहिंसात्मक र नियन्त्रित हुन, सरकारी दमनको प्रतिकार नगर्न, प्रदर्शनमा लाठी, घरेलु वा अन्य कुनै हथियार, हिंसात्मक सामग्री पूर्ण निषेध गर्न, स्वस्फूर्त रूपले गिरफ्तारी दिएर प्रहरीलाई सहयोग गर्ने, प्रहरीले दमन गरे गुलाब फूल दिने भनी गठबन्धनका सह–संयोजकले आह्वान गरेको छ ।
यसैगरी विहीवार बेलुकी सिरहाको लहानबाट सुरेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको तथा उनको अवस्था हालसम्म अज्ञात रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
