राजविराज, १८ माघ । नेपाल क्रान्तिकारी किसान संघको दोस्रो केन्द्रीय दोस्रो राष्ट्रिय सम्मेलन सप्तरी सदरमुकाम राजविराजमा आगामी माघ २८ र २९ गते हुने भएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष समेत रहेका सांसद डिल्ली काफ्लेले जानकारी दिएका छन् । पहिलो सम्मेलन भक्तपुरमा भएकोमा दोस्रो सम्मेलन अत्यधिक किसानहरुको बसोवास रहेको सप्तरी जिल्लामा गर्न लागिएको उनले बताए ।
सम्मेलनमा किसानका समस्यालाई उठाउनुका साथै सम्वोधन गर्न सरकारलाई दवाव दिईने जानकारी दिँदै सांसद काफ्लेले भने ‘किसानहरुको अवस्था सुधाद र बीउरकालागि सरकार हालम्म गम्भीर छैन, उनीहरुका समस्या पहिचान गरी सम्वोधनकालागि सरकार समक्ष जोडदार रुपमा राखिनेछ । किसानहरुले मलखाद र बीउ विजन अभाव रहने गरेको बताउँदै देशमा मल कारखाना सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
राजविराजमा आयोजना हुन लागेको सम्मेलनलाई सम्वोधन गर्न नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छे आउने उनले जानकारी दिए । उनका अनुसार देशका ५६ जिल्लाबाट करिब तीन सय जना प्रतिनीधि तथा पर्यवेक्षकको सहभागिता रहने छ । पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिगम्बर यादव, जिल्ला सदस्य दिपु यादव, देवेन्द्र कुमार मण्डल, सदस्य देवनारायण यादवलगायतको उपस्थिति थियो ।