बृजमान तामाङ/बिरेन्द्र बजार, १८ माघ । संघीय समाजवादी फोरम नेपाल लालपट्टीको २३ सदस्य गाउँ समिति गठन भएको छ ।
मङ्गलबार सम्पन्न गाउँ समितिको प्रथम अधिवशनले उमेश कुमार यादबको अध्यक्षतामा उक्त समिती गठन गरेको हो । गठित समितीको उपाध्यक्षमा सत्य नारायण शर्मा खंग, सचिबमा कमलेश यादब, सह सचिबमा शिबु देबी यादब, र कोषध्यक्षमा चन्द्र नारायण साह सर्बसम्मतले चयन भएका छन । यसैगरी समितीको सदस्यहरुमा रामकृष्ण राम, बौवा लाल यादब, निरज कुमार यादब, कलेश्वर खंग, हरि नारायण यादब, बिमला देबी यादब, राश लाल ठाकुर, तारणी प्रसाद यादब, दिनेश साह, मिश्रीलाल शर्मा, गुलाब देबी यादब, बिन्देश्वर यादब, अरबिन्द मुखिया, नसिरा खातुन, नबि मंसुर र नाजो खातुन रहेका छन । यसैगरी सोही अधिबेशनले डम्बर नारायण यादब, राम सागर यादब, कमलेश कुमार पंडित, तारा प्रसाद यादब, धर्मी यादव र देबन साफी रहेको सल्लाहकार समिती समेत गठन गरेको संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादबले जानकारी दिए । नव गठित समितीलाई केन्द्रिय सदस्य अशोक यादबको उपस्थीतीमा जिल्ला अध्यक्ष यादवले सपथग्रहण गराएको जनाएको छ ।