• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

क्याम्पसमा तोडफोड गर्दै प्रमुख मिश्रामाथि हातपात

क्याम्पसमा तोडफोड गर्दै प्रमुख मिश्रामाथि हातपात

राजविराज, १७ माघ । महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजमा सोमवार आयोजित सर्वदलीय छलफलमा उत्पन्न विवादका क्रममा मधेश केन्द्रित दलका विद्यार्थी संगठनहरुले क्याम्पसमा तोडफोड गरेका छन् ।
विद्यार्थी भर्नाको विषयमा छलफलमा बसेको बेला विवाद उत्पन्न हुँदा उनीहरुले क्याम्पस प्रमुख डा. श्रवेशचन्द्र मिश्रसमेतलाई सामान्य हातपात गर्दै तोडफोडमा उत्रिएका हुन् । आक्रोशित विद्यार्थीले नारावाजी गर्दै क्याम्पसका कुर्सी, टेबुल, बेन्च, डेस्क बजारेर तोडफोड गरेको संघीय समाजवादी विद्यार्थी फोरम सप्तरीका अध्यक्ष तारकेश्वर यादवले बताए ।
उनले क्याम्पस प्रमुखले विद्यार्थीको समस्याप्रति गम्भिरता नदेखाएका कारण यस्तो घटना हुन पुगेको यस्तो घटना भएको जानकारी दिएका छन् । त्रिभुवन विश्व विद्यालयले विद्यार्थी भर्ना बन्द गरेका कारण आवश्यक पहल गरी केही दिन भर्ना खोल्न आफुहरुले सवै विद्यार्थी संगठन र क्याम्पस प्रमुख समेतलाई राखेर कुरो राख्दा सुनुवाई नभएपछि विद्यार्थीहरु आक्रोशित भएको यादवले बताए ।
‘हामी आफ्नो कुरा राख्दै थियो’ उनले भने ‘तर, क्याम्पस प्रमुख एक्कासि आवेशमा आएर विद्यार्थीको जिउमा चश्मा फाल्नु भो अनि यस्तो घटना घटेको हो ।’ प्रमुख मिश्राले रिसाएर विद्यार्थीमाथि चश्मा फालेपछि विद्यार्थी आक्रोशित भएर हातपात गर्न उत्रेपछि आफूहरुले स्थिति साम्य पारेको अध्यक्ष यादवले जानकारी दिए ।