• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सन्दर्भः कलैया नगरपालिका बचाउ आन्दोलन
पिंकी यादब, कलैया बारा

पिंकी यादब, कलैया बारा
स्थानिय तह पुर्नसँरचना आयोगले उत्तर झिटकैयाँलाई कलैया नगरपालिकाबाट काटेर प्रस्तावित जितपुर सिमरा उपमहानगरपालिकामा गाभ्नेभएपछि उत्तर झिटकैयाको समस्यालाई लिएर उत्तर झिटकैया मात्र नभई सम्पूर्ण कलैया नगरबासीहरु नै आन्दोलित भएका छन् । बारा उधोग बाणिज्य संघको अगुवाईमा कलैयाका सम्पूर्ण नगरबासीहरु कलैया नगरपालिकालाई बचाउन आन्दोलनमा होमिएका छन् । कलैया नगरपालिका बचाउ र उत्तर झिटकैयाँलाई कलैयाबाट टुक्र्याउन पाईदैन भन्ने उनीहरुको मुख्य माग छ ।
सरकारी निर्णयको बिरोधमा माघ ६ गतेदेखि आन्दोनरत कलैयाबासीहरु कलैयाको भरतचोकमा रिले अनशनमा बसेका छन् । प्रधानमन्त्री समक्ष ज्ञापनपत्र समेत बुझाएका कलैया नगरबासीहरु आन्दोलनको क्रममा नगर परिक्रममा, चक्का जाम, बजार बन्द र जिल्ला प्रशासन घेराउ जस्ता कार्यक्रमहरु समेत गर्दैआएका छन् । तर कलैयाको माग र पिडालाई लिएर भईरहेको कलैयाबासीको आन्दोलनको आवाज सरकारको कानमा पुगेको देखिदैन् । ‘सरकार मधेशप्रति सँधै बिभेदकारी रुपमा प्रस्तुत भएको छ । मधेशलाई सँधै जिस्क्याउने काम गरेको छ ।’
आन्दोलनको नेतृत्व गर्दैआउनुभएका बारा उधोग बाणिज्य सँघका अध्यक्ष बिनोद साह भन्छन् ‘बाराको सबभन्दा जेठो कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्नेमा नगरपालिका कायम भएको तीन वर्ष पनि नपुगेको गढीमाई नगरपालिकालाई जितपुर सिमरा उपमहानगरपालिका बनाउन खोज्नु र त्यसको लागि कलैया नगरपालिकाकै वडालाई काटेर त्यसमा मिलाउन खोज्नुले सरकारको मधेश र कलैयाप्रतिको बिभेद स्पष्ट देखिएको छ ।
कलैया नगरपालिका बचाउ आन्दोलनका अर्का एक सहभागि तथा मधेशी दलका नेता प्रमोद गुप्ता भन्छन् ‘कलैया नगरपालिका बचाउ आन्दोलन समयको माग हो, सरकार सँधै मधेशसँग बिभेद गर्दैआएको छ ।’
कलैया नगरपालिका बचाउ आन्दोलनलाई नजिकबाट हेरिरहनुभएका बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरी यो आन्दोलनलाई सकरात्मक रहेको बताए । जिल्ला सदरमुकाममा स्थित कलैया नगरपालिकामा सबै सरकारी कार्यालय छन् । जनताका लागि आवश्यक सबै भौतिक पूर्वाधार छ । उनले भने ‘२५ वडा रहेको कलैयाको जनसंख्या एक लाखभन्दा बढी छ, तर पनि सरकारले कलैयालाई उपमहानगरपालिका नबनाएर कलैयाको वडालाई काटेर अन्त मिलाउने कार्य गरेर कलैयाबासीलाई जिस्क्याउने काम गरेको छ ।’ त्यसैले आन्दोलन जायज छ, वहाँ भन्नुहुन्छ ।
६ लाख ८७ हजार जनसँख्या रहेको बारा जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र सात गाउँपालिका बनाउने सरकारी योजना रहेको छ । बारामा कायम भएको ६ वटा नगरपालिकामध्ये कलैया नगरपालिका सबैभन्दा जेठो नगरपालिका हुनुका साथै जिल्लाको सदरमुकाम पनि हो । जहाँ जिल्लाका सबै सरकारी कार्यालयहरु छन् । भारत सिमासंग जोडिएको मटिअर्वालाई महेन्द्र साजमार्गसँग जोडने मानमत मटिअर्वा हुलाकी सकड सरकारको प्राथमिकीमा परेको परियोजना हो ,जसको निर्माण कार्य सम्पन्न भएसँगै यस छेउछाउका सबै गाविसहरु कलैयासंग जनिक हुनपुग्छन । त्यस्ता पायक पर्ने केही गाविसहरु छन जो कलैयामा पहिलादेखि नै सहर्ष आउन आशय बोकेर पनि बसेका छन् ।
भौतिक पूर्वाधार र जनसँख्याको दृष्टिकोणले कलैयालाई उपमहानगरपालिका बनाउनसक्ने प्रसस्त आधारहरु छन । यति हुँदाहुँदै कलैयालाई उपमहानगरपालिका नबनाएर जितपुर सिमरालाई उपमहानगरपालिका बनाउन खोज्नु र कलैयासंग पायक पर्ने कलैया नगरपालिकाको वडाको रुपमाा रहेको उत्तर झिटकैयाँलाई जितपुर सिमरामा गाभ्न खोज्नु सरकारको निर्णय आफैमा बिरोधाभाष र बिभेदले भरिएको छ । राज्य पुर्नसंरचना र प्रदेश सिमाकंनको विषयलाई चुलिएको बिवाद र मधेश आन्दोलनको समस्याले निकास पाउन नसकेको अवस्थामा अहिले पनि मधेश आन्दोलनमै छ ।