• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एमालेका युवा संघ र युथ फोर्स पुनर्गठन

राजविराज, १६ माघ । सप्तरीको सप्तकोशी नगरपालिकामा नगरस्तरीय युवा संघ नेपाल र युथ फोर्सको गठन आइतवार गरिएको छ ।
एमाले को जनबर्गिय संगठन युवा संघ नेपालको सप्तकोसी नगर कमिटी अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षता मा २५ सदस्य नगर कमिटी गठन गरिएको छ । उपाध्यक्ष सचिव, सह–सचिब र कोषाअध्यक्षमा क्रमश बिरेन्द्र यादव, नवीन पौडेल, दिलिप मलाह र चित्रा श्रेष्ठ रहेका छन् ।
युथ फोर्स नगर कमिटिमा बिरेन्द्र यादवको संयोजकत्वमा २५ सदस्य गठन गरिएको छ । युथ फोर्सको सह–संयोजक सचिव सह–सचिव कोषाध्यक्षमा क्रमशः बिश्वास थापा मगर, पुर्ण पौडेल, प्रबिन श्रेष्ठ र सुनिल आचार्य रहेका छन् । प्रकाश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा २ नम्वर प्रदेश प्रमुख सत्यनारायण मण्डल केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज सुमनराज प्याकुरेल, २ नम्वर प्रदेश कमिटि सदस्य मुरारी कार्की, नेकपा एमाले सप्तरी जिल्ला कमिटि सल्लाहकार उत्तम गौतमनारायण आचार्यलगायतले पार्टी र देशको राजनीतिक अवस्थाबारे कार्यकर्ताहरुलाई अवगत गराएका थिए ।
युवा संघ नेपाल र युथ फोर्स गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले सप्तकोसी नगर कमिटि अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।