• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्थानिय निकाय पुनर्सरचना आयोगको प्रतिवेदन विभेदकारीः सांसद चौधरी

स्थानिय निकाय पुनर्सरचना आयोगको प्रतिवेदन विभेदकारीः सांसद चौधरी

बिरेन्द्र बजार, १५ माघ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ का सांसद मानपुर चौधरीले स्थानिय निकाय पुनर्सरचना आयोगको प्रतिबेदन बिभेदकारी रहेको बताएका छन् ।
नेपाल तामाङ घेदुङ सप्तरीद्वारा सप्तरीको कल्याणपुरमा आइतबार २८५३ औ सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । कथित यथास्थिति मनुवादी सोचले आदिवासी, मधेशी, थारु लगायत उत्पिडित समुदायको भावना बिपरित ल्याईएको आयोगको प्रतिबेदन बिभेदकारी रहेको आरोप लगाउदै सांसद चौधरीले भने ‘जनसङ्ख्याको आधारमा पुनर्सरचना र जातिय पहिचानको आधारमा नामाङ्कन हुनुपर्छ ।’
महेन्द्रीय मनोवाद सोचले नदीनालालाई आधार बनाएर नामाङ्कन गरिएको प्रतिवेदन पुर्ण विभेदकारी रहेको बताए । अधिकार प्राप्तिको लडाईमा पार्टी भन्दामाथि उठ्नु आवश्यक रहेको बताउँदै प्रमुख अतिथि समेत रहेको चौधरीले सम्पुर्ण उत्पीडित समुदाय एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका बिशिष्ट अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य भिम बहादुर घिसीङले ताम्सालिङ राज्य सहितको संविधान संशोधन नभए सम्म आन्दोलन जारी राख्ने बताए । कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य बौली चौधरी, नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य लक्ष्मी चौधरी, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्यद्धोय मेख बहादुर बम्जन, खड्ग बहादुर योन्जन, अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रीय सदस्य उचित लाल चौधरी, आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, नेपाल मगर संघ सप्तरीका अध्यक्ष चित्र बहादुर मगर, थारु कल्याण कारीणी सभा सप्तरीका पूर्व सभापति उपेन्द्र नारायण चौधरी(पगडीवाला) जिल्ला खेलकुद विकास समिती सप्तरीका अध्यक्ष एजेट न्यासुर तामाङ लगायतकाले शुभकामाना मन्तब्य व्यक्त गरे । यसैगरी कल्याण पोष्ट दैनिकका प्रबन्धक जय प्रकाश चौधरी, सशस्त्र प्रहरी बेस क्याम्प बोदे बर्साइनका ईन्चार्ज सशस्त्र प्रहरी निरिक्षक फनिन्द्र गोले, ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी नायब निरीक्षक भक्त लिम्बु, अशोक योञ्जन, राजेन्द्र प्रसाद यादब, राजेन्द्र प्रसाद चौधरी समेतकाले शुभकामना मनतव्य व्यक्त गरे ।
नेपाल तामाङ घेदुङ सप्तरीका सचिब सुर्यमान तामाङद्धारा सञ्चालित कार्यक्रममा स्वागत प्रदेश नम्बर २ का सदस्य सुलता घिसीङले गरिन् । कार्यक्रममा तामाङ पहिचान झल्कने गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।