• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दुर्घटनामा साइकल यात्रीको मृत्यु

राजविराज, १६ माघ । सप्तरीको तेरहौता गाउँ विकास समिति वडा नम्वर–६ स्थित पुर्ब पश्चिम राजमार्गमा आइतवार ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
सप्तरीको सितापुर–४ का अन्दाजी ५५ वर्षिय बच्चु चौधरीको मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ गईरहेको ना.४ ख.१८० न. को ट्रकले सोहि दिशातर्फ गइरहेको साइकल यात्री चौधरीलाई ठक्कर हानेको थियो । ट्रकको ठक्करबाट उनको तत्कालै घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रकका चालक फरार रहेकोले खोजतलास भईरहेको जनाईएको छ । घटनाको विषयमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रुपनीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।