राजविराज, १५ माघ । मधेशी पत्रकार संघद्वारा राजविराजमा आयोजित ३ दिने न्यू मिडिया एण्ड रुरल जर्नलिज्म तालिम शनिवार सम्पन्न भएको छ ।
संघका जिल्ला अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा तथा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा एभिन्यूज टेलिभिजनका समाचार सम्पादक रञ्जन झा, मधेशी पत्रकार संघका संस्थापक महासचिव सुरेश कुमार यादव, सचिव विपी साह, केन्द्रीय सदस्य कञ्चन झा, थर्ड एलायन्सका पूर्वाञ्चल कोअर्डिनेटर रणधीर चौधरी, थारु पत्रकार संघ सप्तरीकी उपाध्यक्ष प्रिया सिंह थारु, संघका सह–सचिव शुभनारायण यादवलगायतले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे ।
तालिममा सप्तरी र सिरहाका ४२ जना प्रशिक्षार्थी मिडियाकर्मीहरुको सहभागिता रहेको थियो ।